Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

गोर्खा लहरी प्रालीद्धारा कोरोना उपचार कोषमा ११ लाख सहयोग

help-1585559182.jpg

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोरखा लहरी प्रा .लिले कोरोना भाईरस (कोभिड–१९)सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि ११ लाख रुपैया सहयोग गरेको छ । कम्पनीले बागमती प्रदेश सरकारले स्थापना गरेको (कोभिड–१९) कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख र जिल्ला समन्व्य समिति मकवानपुरले स्थापना गरेको कोरोना आपतकालिन कोषमा १ लाख गरि ११ लाख रुपैयाँ सहयोग गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजनमा कम्पनीका म्यानेजर बजरंगी प्रसाद सिंहले सोमबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन । म्यानेजर सिंहले मुख्यमन्त्री डोरमणि पौडेललाइ १० लाख र जिसस प्रमुख खुलाललाई १ लाख रूपैयाँ बराबरको चेक हस्तान्त्रण गरेका हुन । बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारसङ्ग हातेमालो गर्न प्रदेश र जिल्ला स्थित कोषमा रकम जम्मा गरिएको म्यानेजर सिंहले बताए ।

महामारीका रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकार लागिरहेको र कम्पनीले गरेको सहयोग प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गरेका छन । उनले सरकारले मात्र चाहेर नहुने भन्दै विभिन्न संघ सस्था, व्यक्तिलगायत सबैलाई सहयोग गर्न आग्रह समेत गरे । मुख्यमन्त्री पौडेलले महामारीसंग जुध्न सबैको सहयोग आवश्यक रहेकाले सक्दो सहयोगका लागि सबैलाई आग्रह गरेका छन ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)