Wednesday, 28th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

गोरखनाथमा श्रीमद् भागवतको तयारी तिब्र, सामाजिक संस्थाहरुले संयुक्त रुपमा गरे सरसफाई (हेर्नुहोस् फोटो फिचर)

थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोरखनाथ मन्दिर संरक्षण समितिको मुख्य आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । २४ कार्तिकबाट गोरखनाथ मन्दिरमा शुरु हुने श्रीमद्भागवत महायत्रको पूर्व तयारी स्वरुप गोरखनाथ प्रवेशद्वार डाँडागाउँदेखि गोरखनाथ मन्दिरसम्मको क्षेत्रमा सरसफाई गरिएको हो । 

सरसफाई कार्यक्रममा गोरखनाथ मन्दिर संरक्षण युवा समिति, लियो क्लब अफ पिस थाहा, शिखर क्लब, थाहा कला केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, ईलाका प्रहरी कार्यालय पालुङ, थाहा सक्रिय युवा क्लब, बागेश्वरी क्लबलगायतका संस्थाले सहयोग गरेको लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित विष्टले जानकारी दिए । सरसफाइको क्रममा बाटो मर्मत समेत गरिएको थियो ।

थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील संस्था तथा क्लबहरुले यसरी संयुक्त रुपमा कार्य गरेर उदाहरण पेश गरेका छन् । 

हेर्नुहोस् फोटो फिचर: 
फोटोहरु गणेश प्रसाद विष्ट/विकासखबर



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg