Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

गोरखनाथमा महायज्ञ आयोजना गर्न मूल समारोह समिति गठन

थाहानगरको प्रसिद्ध मन्दिर गोरखनाथको भौतिक संरचना निर्माण गर्न श्रीमद् भागवत महायज्ञको आयाजना गरिने भएको छ । २२ भाद्रमा गोरखनाथ मन्दिर नजिकै थाहा नगर पालिका–३ मा भएका सरोकारवालाहरुका भेलाले सो निर्णय गर्दै भरत गोपालीको अध्यक्षतामा २७ सदस्यीय श्रीमद भागवत सप्ताह महायज्ञ मूल  समारोह समिति गठन भएको छ । 

थाहा नगरपालिकाका उपप्रमुख खड्ग बहादुर गोपालीको अध्यक्षतामा भएको भेलाले मूल समारोह समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा इन्द्रजंग खड्का, अरुण रायमाझी, कल्पना बलामी चयन भएकाछन् भने महासचिवमा कमलकुमार केसी, सचिव सहदव ढकाल, कोषाध्यक्ष जयन्ति रायमाझी, सहकोषाध्यक्ष गणेश बिष्ट, कविता बिष्ट र अन्य सदस्यहरु रहेका छन् ।

आगामी कात्तिक महिनाको २४ दखि मंसिर १ सम्म महायज्ञ संचालन हुनेछ । सो महायज्ञबाट संकलित रकमबाट मन्दिरमा ७ काठे साधना गृह भजन गृह, वाथरुम, पार्किङ लगाएतका भौतिक पूर्वाधारको निर्माण गरिने आयाजकल े जनाएको छ । भेलाले सल्लाहकारसमेत चयन गरको छ । सल्लाहकारमा थाहा नगरपालिकाको प्रमुख लवशेर विष्ट, उपपमुख खड्ग गोपाली, वडा अध्यक्ष राजेश केसी लगायत छन् ।