Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

गोरखनाथमा तीज कार्यक्रम हुने

हिन्दुहरुको महान चाड हरितालिका तीजको अवसरमा गोरखनाथ मन्दिर संरक्षण युवा समितिले भव्य सास्कृतिक कार्यक्रम गर्ने भएको छ । तीजको कार्यक्रम गोरखनाथ मन्दिर परिसरमा हुने भएको हो ।

कार्यक्रममा लोक गायक मुक्तिनाथ उप्रेथि, रुपचन्द्र सापकोटा, थाहा कला केन्द्र र स्थानीय कलाकारहरुको प्रस्तुति रहने गोरखनाथ मन्दिर संरक्षण युवा समितिले जानकारी दिएको छ । महिलाहरु व्रत बसेर महादेवको पुजाआजा तथा दर्शनपछि पुनः कार्यक्रममा रमाइृलो गरेर उक्त पर्वलाई  मनाउने योजना रहेको समतिले जनाएको छ । 

महिलाहरु त्यस दिन अन्न तथा पानी पनि नखाई श्रीमान्को दिर्घायूको कामना गर्छन् । गोरखनाथ मन्दिर संरक्षण युवा समितिले तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न गरिसकेको समितिका सदस्यहरुले बताएका छन् ।