nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

गुम्बा बिहार पुनर्निर्माण जिल्ला सघर्ष समितिको संयोजकमा निरु थिङ

गुम्बा बिहार पुनर्निर्माण जिल्ला सघर्ष समितिको संयोजकमा निरु थिङको संयोजकत्वमा एघार सदस्यीय संघर्ष समिति गठन गरिएको छ । भूकम्पपछि भत्किएका गुम्बाहरुको पुनर्निर्माण नभएको भन्दै आन्दोलित बनेका बौद्ध धर्मालम्बीहरुको विभिन्न जिल्लामा संघर्ष समिति गठन भैरहेको छ । देशभर २५ जिल्लाको ९९३ गुम्बा मध्ये मकवानपुरमा भूकम्पमा परि ८० वटा गुम्बाहरुमा क्षति भएको थियो । त्यस्तै सहसंयोजकहरुमा लारिन दोर्जे लामा, मान बहादुर सिन्तान, दिल बहादुर लामा, सचिबमा सुबास सिन्तान, कोषाध्यक्षमा असलाल स्याङ्तान, सह(सचिबमा दोर्जे रुम्बा लामा र सदस्यहरु बुद्धि भोम्जन, ज्ञान बहादुर लामा, सुन्दर भोम्जन र जित बहादुर लामा लगायत रहेका छन् । 

प्रमुख सल्लाहकारमा नेपाल तामाङ घेदुङको जिल्ला अध्यक्ष लिलाकुमार घलान,  संघर्ष सफल बनाउन जिल्ला भरिका सबै गुम्बाको लामा संगै ब्यबस्थापन समितिहरुलाइ सहभागी गराई आन्दोलन सफल बनाउन सबै लागि पर्नु पर्ने संयोजक थिङले बताए ।  नेपाल तामाङ घेदुङ्को ३ नं प्रदेशका संयोजक सोम्बले तामाङको प्रमुख आतिथि रहेको थियो भने घेदुङको जिल्ला अध्यक्ष लिलाकुमार घलानको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघर्ष समितिको संयोजक निरु थिङ्को अध्यक्षतामा भएको थियो ।

अहिले विभिन्न राजनीतिक पार्टीहरुले गर्दा ९ सय ९३ चिरा गराउने चलखेल चलिरहेको छ, यस बिषयमा सबै लामा प्रमुख लगायत गुम्बा ब्यबस्थापन समितिको पदाधिकारीहरु सचेत हुनु पर्ने र बौद्ध सम्पदा देशको धरोहर भएको बताउँदै यसको सम्बर्दन गर्न   जस्तो सुकै मूल्य चुकाउन पछि पर्न नहुने ३ न। प्रदेशको संयोजक तामाङले बताए ।

भुकम्पबाट क्षती भएका ९ सय ९३ गुम्बा तत्काल निमार्ण सुरु गर्नुपर्ने, हालै जारी गरिएको नयाँ कार्यविधि खारेज गर्नुपर्ने, नयाँ वजेट अनुसारकै रकम प्रदान गर्नुपर्ने, भत्किएका गुम्बाको संख्याको पहिचान गर्नुपर्ने लगायत माग अघि सारेको छ । 

-दिल बहादुर लामा 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)