nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गायक अरुण थापाको सम्झनामा साङ्गीतिक कार्यक्रम हुने

Aruuu-1626884121.jpg

पोखरेली  युवा साँस्कृतिक परिवारले सदावहार गायक अरुण थापाको सम्झनामा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । गायक थापाको २२ औं स्मृति दिवसको अवसर पारेर परिवारले स्व.अरुण थापा स्मृतिदिवस–साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो । कार्यक्रम साउन ९ गते सनिबार दिउँसो ४ बजे हुने जनाइएको छ ।  गीत सङ्गीत मार्फत सदावहार गायक अरुण थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको पोयुसापकाअध्यक्ष मोती भुजेलले बताए ।

अध्यक्ष भुजेलकाअनुसार सो कार्यक्रम पोखराको न्यूरोडस्थित ‘न्यूरोड रोधीकल्व’मा सम्पन्न गरिने तयारी रहेको छ । पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक सदस्य समेत रहेका अरुण थापाको वर्षौं देखि निरन्तररुपमा अरुण थापाको स्मृतिमा साङ्गीतीक कार्यक्रम गर्दै आएको परिवारले यो वर्ष पनियसलाई निरन्तरतादिएको पोयुसापका सङ्गीत संयोजक एम.डी. काफ्लेले बताए । कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उनले संख्यात्मक रुपमा थोरै मानिसहरुको उपस्थिति रहे पनि गुणात्मक रुपमा कार्यक्रम भब्य गर्ने तयारी गरिएको बताए । संस्थाका सङ्गीत विभागका सल्लाहकार एवं गायक विनोद बाँनीयाले सो कार्यक्रम टिभी मार्फत घरमै बसेर हेर्न सकिने तथा परिवारको फेसबुक र युट्युबच्यानल मार्फत जहाँ बसेर पनि प्रत्यक्ष प्रसारण हेर्न सकिने प्रबन्ध मिलाइएको बताएका छन् । 

वि.सं.२००९ साल माघ ११ गते बाबु गुन्जप्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रूपमा अरुण थापममगरको जन्म भारतको कलकत्ता स्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । वि.सं. २०३० सालमा पोखरा आएर बसोबास गर्न थालेका गायक तथा संगीतकार थापाको पोखरासँग गहिरो सम्वन्ध रहेको गीतकार एवम पोयुसापका पूर्व अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । गुरुङकै गीत कतै टाढा तिमीबाट पुगें भने म नै अरुणको पहिलो रेकर्ड भएको गीत हो ।

अरुण थापाले पोखरामा पहिलो पटक ३० को दशकमै पोखरेली युवा साँस्कृतिक परिवारको पनिप हिलो कार्यक्रममा गीत, संगीत प्रस्तुत गरेका थिए । जीवनमा धेरै उतारचडाप खेपेका थापाले २०५६ साउन ५ गते प्राण त्यागेका थिए ।स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जन उनका पारिवारिक मित्र थिए । प्रेम र बिबाह दुबैमा असफल गायक थापाका अनेकौं किस्सा सुन्नमा पाइन्छ । उनको व्यक्तिगत जीवन छोटो भएपनि साङ्गीतिक जीवन भने अमर अजर रहेको छ । अरुण थापा नेपाली साङ्गीतिक क्षेत्रका त्यस्ता नक्षत्र हुन् जसले थोरै गीतगाएर पनि आफूलाई अब्बलगायकको रुपमा स्थापित गरे । गायक थापाका’जतिमाया’, ’साँझको जुनसँग’, ’भुलुँभुलुँ लाग्यो मलाई’, ’बितेका मेरा तिता मिठा’, ’ऋतुहरुमा तिमी’, ’दोष कसैलाई दिन चाहन्न’, ’चोट के हो, व्यथा के हो’, ’अरुसँग नजोख मलाई’, ’जिन्दगी के छ र आखिर’ र ’आँखाको निदखोशीलाने’ लगायतगीतहरु चर्चामा छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)