nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

गाउँपालिका राष्ट्रिय महासंघमा श्रेष्ठ

Gaunpalika-1522672042.jpg

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्वत चयन भएका छन् ।

महासंघको सोमबार राजधानीमा सकिएको महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति चयन भएको हो । श्रेष्ठ सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष हुन् । महासंघको उपाध्यक्षमा मेनुका काफ्ले, महासचिवमा वंशलाल तामाङ, सचिवमा देवी बुर्लाकोटी र कोषाध्यक्षमा दिलमाया बुढामगर चयन भएका छन् ।

अध्यक्षरउपाध्यक्षसहित १५ सदस्य एमाले, महासचिवरसचिव सहित १२ सदस्य कांग्रेस, कोषाध्यक्ष सहित ६ सदस्य माओवादी केन्द्र, संघीय समाजवादी फोरमबाट २, राष्ट्रिय जनता पार्टी राजपा र अन्यबाट १र१ जना सदस्य भागवण्डा गरिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयनसहित, विधान संशोधन, महासंघको राजनीतिक दृष्टिकोण र घोषणापत्र सार्वजनिक गरिएको छ । यसअघि स्थानीय निकायको गाविस महासंघलाई गाउँपालिका महासंघ बनाइएको हो ।

अध्यक्षमा निर्वाचित श्रेष्ठले स्थानीय तहलाई स्थानीय सरकारको मान्यता दिन माग गरे । स्थानीय सरकारलाई केन्द्र सरकारले कर्मचारी व्यवस्थादेखि बजेट बाँडफाँडमा विभेद गरेको उनको गुनासो थियो । घोषणापत्रमा गाउँपालिकाका प्रमुख उपप्रमुखलाई रातो पार्सपोट समेत माग गरिएको छ । चैत १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए ।

कान्तिपुरबाट



Gaunpalika-1522672045.jpg