nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

गाइपालक कृषकलाई थाहा नगरपालिकाको सहयोग

pashu-1653391018.jpg

थाहा नगरका गाइपालक कृषकहरुलाई थाहा नगरपालिकाले सहयोग उपलब्ध गराएको छ । आज १० जेठमा बज्रवाराहीमा एक कार्यक्रमको आयोजना गरी सो क्षेत्रका १३ जना गाइपालक कृषकहरुलाई गाइपालनमा अनुदान तथा अन्य सहयोग उपलब्ध गराइएको भेटेरीनरी अधिकृत राघवेन्द्र मिश्रले जानकारी दिए ।

कृषकहरुलाई नगरपालिकाको तर्फबाट अनुदान रकमसहित क्याल्सियम, लिभर टोनिक, घाँसको बीउ लगायत सामग्री वितरण गरिएको हो । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत् सो सहयोग उपलब्ध गराइएको अधिकृत मिश्रले जानकारी दिए ।

सो अवसरमा थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, भेटेरीनरी अधिकृत मिश्र, वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, आन्तरिक लेखा परीक्षण सहायक सन्दिप पौडेल,  प्राविधिक सहायक मनिषा मगर, पशु स्वास्थ्य प्रविधिक विकेस कार्की लगायतको उपस्थिति रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)