Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

गाँजा तस्कर र प्रहरी बीच मनहरीमा गोली हानाहान

पश्चिम मकवानपुरमा मनहरी गाउँपालिका वडा नंबर ६ सुनाचुरीमा प्रहरी र गाँजा तस्करीबीत गोलि हानाहान भएको छ । गाँजा तस्करको सूचना पाएपछि पक्राउ गर्न गएको प्रहरीलाई तस्करले गोली प्रहार गरेपछि जवाफी फाईरिङ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता बामदेब गौतमले बताए ।
प्रहरीको जवाफि फाईरिङपछि ५ सय ५० किलो गाँजा र ५० किलो चरेश सहित ४ जनालाई पक्राउ गरेको प्रहरील जनाएको छ । उनीहरुको परिचय हालसम्म खुलीनसकेको मनहरी इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख चित्रबहादुर घलेले जानकारी दिए ।