nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

"गरिबी न्यूनीकरणको असल माध्यम सहकारी"- पूर्व अर्थमन्त्री पाण्डे
पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औं  साधारणसभा सम्पन्न 

पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले मुलुकमा गरिबी न्यूनीकरण गर्ने सबैभन्दा असल माध्यम सहकारी भएको बताएकाछन् । आर्थिक तथा सामाजिक रुपमा फड्को मार्नका लागि सहकारीका माध्यमबाट सहजै सकिने भएकोले यो भरपर्दो माध्यम भएको पूर्व अर्थमन्त्री पाण्डेको भनाइ थियो । नेपालको अर्थतन्त्रमा सहकारीले १९ प्रतिशत क्षेत्र ओगटेको बताउँदै सहकारीमा आवद्ध हुनेहरुको भविष्य उज्वल भएको बताए । थाहा नगरपालिकाको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औं  साधारणसभाको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी सहमिति सदस्य समेत रहेका पाण्डेले यस्तो बताएका हुन् ।


साधारण सभा उद्घाटन कार्यक्रममा पाण्डेले युवाहरु दिनदिनै विदेशिएको प्रति चिन्ता व्यक्त गरे । देशमा युवा परिचालन भए मात्र विकास संभव हुने उल्लेख गर्दै नेता पाण्डेले युवा परिचालनका लागि सहकारीहरुले उद्यमशील काम गर्नका लागि पा्रेत्साहन गर्नुपर्ने बताए । यस्तो काम पालुङ बहुउद्देश्यीय सहकारीले गरेको भन्दै सहकारीको प्रशंसा गरे। कृषि, पर्यटन र शिक्षाका लागि समेत उर्वर क्षेत्र थाहा नगरमा यसका लागि सहकारीले लगानी प्रवद्र्धन गर्नुपर्ने सुझाए । मानिसले आँटेपछि सबै काम गर्न सकिने बताउँदै सांसद पाण्डले व्यक्ती धनी भए देश धनी हुने बताए । व्यक्ति धनी र उद्यम हुने माध्यम सहकारी नै भएकोमा उनले जोड दिए ।


कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालले मुलुकलाई सम्वृद्ध बनाउने माध्यम सहकारी नै भएको बताए । सहकारीले गरिबी निवारणका लागि रोजगार मुलक तालीम, महिला सशक्तीकरणको क्षेत्रमा समेत काम गर्न सक्ने बताए । सहकारीको व्यवशायिक क्षमता वृद्धिका लागि जहिल्यै अग्रसर हुनु पर्नेमा जोड दिए । सहकारीमा पाररदर्शीता र सुशासन कायम गर्नका लागि इमान्दारिताका साथ कार्य गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले राष्ट्रिय अर्थतन्त्रमा सहयोग गर्दै उद्देश्य अनुसार कार्य गरे सहकारीले गाउँ टोल समुदाय सम्म पहुँच विस्तार गरी विकास संभव भएको बताए । थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले सहकारी उत्कृष्ट हुन कानूनी वैद्यता, सदस्य सन्तुष्टि, सहकारीको प्रभाव, कार्य प्रगतिका आधारमा हुने बताए । संस्थाको प्रतिफल भए सदस्यहरुको आत्म सम्मान हुने परियारले बताए । सहकारी परिवर्तनको संवाहक भएको उनको भनाइ थियो । 


साधारणसभामा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला कृषि सहकारी संघका सदस्य महेश्वर सुवेदीले धेरै नाफा गर्ने सहकारी मात्र ठूलो नहुने बताउँदै समाजमा गरेको आर्थिक रुपान्तरणको आधारमा सहकारी ठूलो हुनेमा जोड दिए । कार्यक्रममा राष्ट्रि जनमोर्चाका मकवानपुर अध्यक्ष लक्ष्मण विष्ट, ग्रामिण पर्यटन सहकारी संस्थाका अध्यक्ष निरञ्जन अधिकारीलगायतले शुभकामना दिएका थिए । 

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिमलकुमार ढकालको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा थाहानगरमा रहेका विभिन्न बैंक तथा सहकारी संस्थाका पदाअधिकारीहरु, गैर सरकारी संस्थाका पदाअधिकारीहरु, राजनीतिक दलका प्रतिनीधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई सहकारीका उपाध्यक्ष सानोभाई कार्कीले स्वागत गरेका थिए । साधारण सभाले अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ ।