nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

गति मापक यन्त्र “राडर गन” मार्फत हेटौँडामा सवारीको जाँच सुरु 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले “ओभर स्पिड” गर्ने सबारी चालकलाई कारबाही सुुरु गरेको छ । प्रहरीले हेटौँडामा गति मापक यन्त्र “राडर गन” मार्फत सवारीको जाँच सुरु गरेको हो ।

अत्याधिक गतिको कारण दुर्घटना बढेपछि हेटौँडामा पहिलो पटक “राडर गन” मार्फत सवारी जाँच सुरु भएको हो । हेटौँडामा पछिल्लो केहि महिनाबाट दुर्घटनाको संख्यामा बृद्धि भएको अवस्थामा प्रहरीले यस्तो अभियान सुरु गरेको हो । हिजोबाट सुरु भएको अभियानको क्रममा आठ वटा सबारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रकुमार ठाकुरले जानकारी दिए । सबारी चालकहरुले सडकमा राखेको सूचनाहरुलाई वेवास्ता गर्दै अत्याधिक तिब्र गतिमा सबारी हाँक्दा दुर्घटनाको उच्च जोखिम बढेको भन्दै यस्तो अभियान सञ्चालन गरेको उनको भनाई रहेको छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा रहेको महेन्द्र राजमार्ग सहितको अन्य राजमार्गहरुमा यो अभियान सुरु गरिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)