nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गणेश विष्टले खिचेका थाहाका फोटोहरु काठमाडौँमा प्रदर्शन गरिने

311191858_247225238625125-1666256057.jpg

थाहा नगरका फोटो पत्रकार गणेश विष्टले खिचेका थाहा नगरपालिकाका विविध विषय र क्षेत्रका फोटोहरु प्रदर्शनीमा राखिने भएको छ । विष्टले खिचेका फोटोहरुलाई थाहा नगरपालिकाले काठमाडौँको बसन्तपुर डबलीमा तीन दिनसम्म राखेर प्रदर्शन गर्न लागेको हो ।

थाहाको पर्यटन प्रबद्र्धन गर्न  नगरको सभ्यता, सस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक ईन्द्रबहादुर श्रेष्ठले बताए ।

फरक सोच अभियानको संयोजन र ओम अध्याय रिसोर्टको सहयोगमा १८, १९ र २० कात्तिकमा फोटो पत्रकार गणेश विष्टले खिचेका फोटोहरु प्रदर्शनी गरिने नगरपालिकाले जनाएको छ ।

पर्यटनको प्रसस्तै सम्भाबना रहेको उत्तरी मकवानपुरको सम्पदा र सभ्यतालाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले विश्वास व्यक्त गरे ।

पछिल्लो समय संघिय राजधानी काठमाडौबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुदै गएको र यहाँ भएका पर्यटनका स्रोतहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानका संयोजक यादव जंग रायमाझीले बताए ।

प्रदर्शनीमा राख्न करिब १ सय ओटा फोटो तयार गरिएको र स्थान,रुची र आवश्यक्ता हेरी त्यसको व्यवस्थापन गरिने आयोजकले जनाएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)