Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

गणेशमान मार्गमा सहजता ल्याउन चित्लाङबासीको आग्रह

मकवानपुर थाहा नगरपालिका वडा नं. ९ का बासिन्दाले सहज आवतजावतको व्यवस्था गरिदिन माग गर्दै नगरपालिका कार्यालयमा ज्ञापनपत्र पेश गरेका छन् । चित्लाङको वडा नं. ९ बाट अन्य वडा तथा बजार र स्वास्थ्य संस्थासम्म पनि आवतजावत गर्नका लागि सडक हिलाम्मे भएका कारण असज भएकोले समस्या समाधान गरिदिन आग्रह गदैृ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई २० साउनमा ज्ञापनपत्र बुझाएका हुन् । 

विद्यालयसम्म बालबालिका पुग्न तथा दैनिक उपभोग्य सामाग्री पु¥याउन र पर्यटकहरु समेत आवागमनमा सडककै कारण समस्या भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा वडा अध्यक्ष परशुराम श्रेष्ठको गैर जिम्मेवारपन भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गरी नागरिकलाई सहजता प्रदान गर्न भनिएको छ ।

हेर्नुहोस् ज्ञापनपत्रको पूर्णपाठः




https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)