nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

खोलाखर्कमा मोटरसाइकल- ठेल्दै तान्दै बोक्दै...

Waiba-4-1564563967.jpg

मकवानपुर थाहा नगरपालिका वडा नं. ५ खोलाखर्कका सुमन वाइवाको घरैमा मोटरसाइकल हुँदा पनि पैदल नै हिड्न प¥यो । बाइक सही छ, पेट्रोल टन्न छ तर बाटो छैन ।

यहि २१ असार बेलुकी सरररर... बाइक चढेर घर पुगेका वाइवा विहान उठ्दा गाउँ पुग्ने सडकको नामोनिसाना रहेन । रातभर परेको पानीले पहिरो गएपछि सडक बगायो । बाइक घरैमा थन्कियो । वाइवाले थाहा नगरपालिका वडा नं. १ गहतेबाट खोलाखर्कसम्म पुग्ने सडक बन्ला भनेर त कुरे तर हप्ता दिन नाघेपछि आश मारे । बिना सडक मान्छे हिँडेने बैकल्पिक बाटोबाट बाइकलाई बजारसम्म पु¥याउन उनले जुक्ति निकाले । छिमेकी दुर्गा बहादुर गोपाली र रत्न बहादुर गोपालीलगायतलाई घरैमा लाई गुहारे । बधुवा भैसी डो¥याए जसरी बाइकको अघिल्तिर डोरी लगाए कोहीले पछाडीबाट ठेले कसैले ताने अनि वाइवाले ठाउँ–ठाउँमा डोहो¥याए । डेढघण्टा लगाएर बाइकलाई गहते डाँडामा निकाले । बाइकमा १५ मिनेट लाग्ने बाटोमा बनको बाटो भएर बाइक ल्याउन वाइवाको टिमलाई डेढ घण्टा लाग्यो । लड्दै उठ्दै बाइक ठाउँ ठाउँमा बोक्दै सुमननको टिमले मोटरसाइकल सडकमा निकालेका हुन् । वाइवा भन्छन् चिप्लो बाटो बाइक डोहो¥याउँदा कति पछारियो–पछारियो । पहिले सडक भएको ठाउँबाट खोलाखर्क पुग्न अझै मुस्किल छ । उनले भने–‘सडक भको ठाउँबाट त मान्छे त हिँड्न सकिन्न बाइक को के कुरो ? ’ 

थाहा नगरपालिका वडा नं. ५ खोलाखर्कमा ३० घरपरिवारको बसोबास छ ।  गहते–खोलाखर्कमा सडक भत्केको तीन साता नाघि सक्दा पनि अझै बन्न सकेको छैन । सडक अभावमा अझै २ वटा मोटरसाइकल गाउँमै थन्किएकोे वाइवाले बताए । गाउँका सन्त बहादुर वाइवा र श्याम बलामीको मोटरसाइकल अलि हेभी खाल्को भएकाले ल्याउनै सकिएको छैन ।

गाउँसम्म पुग्ने सडक नबन्दा गाउँको तरकारी बजारसम्म ल्याउनका लागि असाध्यै गाह्रो भएको स्थानीय प्रेम बहादुर घलानले बताए । सडकमा निकाल्न उकालो बाटो हिँड्नु पर्ने भएकोले उत्पादित तरकारी बजारसम्म पु¥याउनै मस्किल परेको छ । बजारबाट दाल चामललगायत उपभोग्य सामान गाउँ पु¥याउन पनि असज भएको स्थानीय पार्वती गोलेले बताइन् । गोले भन्छिन्–यति लामो समयसम्म सडक बन्द भएको थिएन अहिले भयो, साह्रै गाह्रो हुने रैछ । 

यसैबीच सडक निर्माणको कार्य भने थालिएको छ । सडक बनाउनको लागि स्थानीइहरु पनि जुटेका छन् । मेशिन लगाइएको छ । सडक एकसाता भित्रमा खुल्ने स्थानीयहरुको अनुमान छ । 

मोटरसाइकल ठेल्दै, तान्दै बोक्दै...

बाटो बन्दै गरेको हेर्नुस भिडियो