Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

खेतियोग्य जमिन बाँझो नराख्न हेटौंडा उपमहानगरपालिकाको आग्रह

Hetauda-1588733278.jpg

हेटौंडा उपमहानगरपालिकाले कृषि योग्य जमिन बाँझो नराख्नका लागि आग्रह गरेको छ । लामो समय सम्मको लकडाउनपछी खाद्यान्नको समस्या हुने भएकाले बाँझो अवस्थामा रहेका जमिन खाली नराख्नका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गरे । अहिले पनि खाली अवस्थामा रहेका खेतबारीलाई तत्काल उपयोगमा ल्याउनका लागि उनले अाग्रह गरेका छन् ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा किसानका लागि प्रविधि हस्तान्तरण, कृषिमा आधुनिकीकरणमा जोड दिएको छ । आउँदो आर्थिक वर्ष र यो वर्ष पनि बाँकी रहेको वजेटलाई उर्वर जमिनलाई उपयोगमा ल्याउनेगरी काम गर्न लागिएको मेयर महतले वताए । लामो समयको लकडाउनका कारण वेरोजगारी समस्या वढ्दै गएकाले कृषि क्षेत्रमा लाग्ने युवाहरुलाई सहयोग गरिने उपमहानगरपालिकाको योजना छ । कोरोना भाइरसको महामारीका कारण रोजगारी क्षेत्रमा बढी असर पर्न गएकाले नगर क्षेत्रमा खेती योग्य जमिन बाँझो नराख्नका लागि सवैमा आगैह गरिएको र किसानका लागि सहयोगका कार्यक्रम पनि ल्याइने उनले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०