nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

खतिवडालाई उत्कृष्ट स्वयंसेवक सम्मान

मकवानपुर/नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाबाट संघको लागि महत्वपूर्ण योगदान पु¥याएवापत मकवानपुरका प्रकाश खतिवडा काठमाण्डौंमा सम्मानित भएका हुन् । ५८औं परिवार नियोजन दिवसको अवसरमा खतिवडालाई एक समारोहबीच सम्मान गरिएको हो ।

पुरुषतर्फको उत्कृष्ट स्वयंसेवकको रुपमा खतिवडालाई सम्मान गरिएको संघले जनाएको छ । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापा र संघका केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले सम्मानपत्र प्रदान गरेका थिए । संघको श्रोत परिचालन, भौतिक संरचना निर्माण तथा बालबालिका र महिलाहरुको स्वास्थ्य तथा हक अधिकार प्रवर्धन गर्ने कार्यमा निःस्वार्थभावले भूमिका निर्वाह गरेको भन्दै उनीहरुले खतिवडालाई बधाइ समेत दिए ।


२०४४ सालमा शाखा स्वयंसेवकको रुपमा प्रवेश गरेका खतिवडा युवा सदस्य, कार्यसमिति सदस्य, सचिब  हुँदै २०५६ सालमा शाखा सभापति भएका थिए । उनले सन् २००३ मा विश्व जनसंख्या पुरस्कारसमेत प्राप्त गरेका थिए ।
आफू सम्मानित भएपछि विकासखबर डट कमसंग कुराकानी गर्दै खतिवडाले शाखाको तत्कालीन केन्द्रीय सदस्य योगेन्द्रनाथ कर्माचार्य र पहिलो निर्वाचित शाखा सभापति पृथ्बीराज बैद्यको प्रेरणाले आफू संघमा स्वयंसेवक बनेको बताए । हाल बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक र राष्ट्रिय बाल संरक्षण संजाल तथा बाल सहभागिता संजालका केन्द्रीय सदस्यसमेत रहेका खतिवडाले आफू परिवार नियोजन  संघबाट सम्मानित भएकोमा संघप्रति आभार प्रकट गरे
सम्मान कार्यक्रममा नेपाल परिवार नियोजन संघ मकवानपुरका अध्यक्ष निगमलाल श्रेष्ठ, उपाध्यक्ष ईश्वर पण्डित, केन्द्रीय सदस्य दिनेश उपाध्याय लगायत सहभागी थिए ।