Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

क्याम्पसको सप्ताहव्यापी कार्यक्रम शुरु

मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)ले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन १७ माघमा रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका ६९ जना बिद्यार्थीले रक्तदान गरेका थिए । कार्यक्रमको संयोजन युवा रेडक्रस सर्कलले गरेको कार्यक्रम संयोजक एवम् स्ववियू सदस्य आशिष अस्लामीले जानकारी दिए ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख बच्चुराम अधिकारी, स्ववियु सभापती कुमार केशी, रक्तसञ्चार केन्द्र हेटौंडाका विष्णु रिजाल लगाएतको उपस्थिती रहेको थियो । सप्ताहब्यापी कार्यक्रम अन्र्तगत १८ माघमा एकल गायन प्रतियोगिता हुने आयोजकले जनाएको छ ।