Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

को हुन् थाहाका नयाँ कार्यालय प्रमुख ?

मकवानपुरको थाहा नगरपालिकामा नयाँ कार्यकारी अधिकृत आएका छन् । स्थानीय तह पुर्नसंरचना भए पश्चात् थाहामा पर्यटन विभागबाट सरुवा भई जीवन प्रसाद आचार्य कार्यकारी अधिकृतको रुपमा आएका हुन् । थाहामा सेवारत् कार्यकारी अधिकृत भिम बहादुर परियार १० महिना पछि बागमती गाउँपालिकामा सरुवा भएपछि आचार्य कार्यालय प्रमुखको रुपमा आएका हुन् ।

पुर्नसंरचनासंगै थाहामा नेपाल सरकारले उपसचिवको दरबन्दी तोकेको छ । आचार्य उपसचिव बढुवा संभाव्य सूचीका नेपाल सरकारको अधिकृत स्तरका कर्मचारी हुन् ।

को हुन् अधिकृत आचार्य ?

थाहा नगरपालिकामा सरुवा भएर आएका कार्यकारी अधिकृत जीवन प्रसाद आचार्य आफ्नो सरकारी सेवामा प्रवेशपछि पहिलो पटक स्थानीय तहमा कार्य सम्हाल्न थाहा आएका हुन् । उनी अहिले अधिकृत स्तरका कर्मचारी हुन् । आचार्यलाई सरकारले कायम मुकायम कार्यकारीको रुपमा थाहामा पठाएको हो । 

आचार्य वि.संं. २०५५ सालमा खरिदार पदबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । उनले वन विभाग, पर्यटन विभागलगायतको क्षेत्रमा कार्य सम्पादन गरेकाछन् । उनले पछिल्लो पटक पर्यटन विभागमा होटल तथा होमस्टे शाखामा शादा अधिकृत रहेर कार्य गरेको अनुभव छ ।

नेपाल सरकारले ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरिने बढुवाको संभाव्य सूचीमा आचार्यको नाम रहेको छ । सरकारले ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनको आधारमा योग्य भएका अधिकृतहरु मध्ये ३६ जनालाई उपसचिवमा बढुवा गर्ने बताएको छ ।

अचार्यका १८ घण्टे प्रतिवद्धता 

थाहा नगरपालिकामा आएका कार्यकारी अधिकृत आचार्यले जनताले दुःख नपाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आवश्यक परे विहान ६ देखि राती १२ बजेसम्म १८ घण्टा भए पनि काम गर्ने प्रतिवद्धता व्यक्ति गरेका छन् ।

आफ्नो कार्यकालमा केही नयाँ काम गर्ने उनको अठोट छ । अघिल्लो कार्यकारीको पालामा भएको उपलब्धीबाट घट्न नदिई थप प्रगतिमा नगरलाई पु¥याउने उनको जिकिर छ । नजानेका कुरा पढेर थाहा पाई काम गर्न सक्ने विश्वास भएका आचार्य आफूले जनताको काम कहिल्यै नरोक्ने बताएकाछन् ।

उनले थाहानगर आएपछि विभिन्न स्वागत कार्यक्रमहरुमा बोल्दै यस्तो बताएका हुन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०