Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना भाइरसबारे नेपालीले जान्नैपर्ने तथ्य

dr.hariraj-1586761183.jpg

कोरोना भाइरस ९कोभिड–१९० ले संसारभरका एक लाख १० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । संक्रमितको संख्या करिब १८ लाख पुगेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन नै कोभिड–१९ को सिकार बनेका छन् ।

कसैलाई थाहा छैन, यो महामारी कति अगाडि बढ्छ र रोकिन्छ । यस्तो लागिरहेको छ, विश्वचर्चित र सफल वैज्ञानिक, विशेषज्ञ रहेको मुलुक अमेरिका पनि अहिले कोभिड–१९ को अगाडि लाचारु छ । यद्यपि, उसले भ्याक्सीनको विकास गर्ने कामलाई भने तीव्र रूपमा अगाडि बढाएको बताइएको छ ।

अमेरिका मात्र होइन, बेलायतसहित युरोपका समृद्ध मुलुकहरू इटाली र स्पेनलाई पनि कोभिड–१९ ले ‘आछुआछु’ पारेको देख्न सकिन्छ ।  

नेपालजस्तो मुलुकमा त्यसैगरी संक्रमण फैलियो भने अवस्था के होला रु यो प्रश्नमा आमनागरिकलाई राहत महसुस हुने खालको जवाफ सरकारले  पक्कै दिन सक्दैन । किनकि, नेपालसँग युरोप, अमेरिकाजस्तो स्रोतसाधन र विशेषज्ञ छैनन् ।


उच्च जोखिममा गुज्रिरहेका आम नेपाली कोरोना र यससम्बन्धी गलत जानकारीका कारण पनि धेरै त्रस्त छन् । कहिले कोरोनाको औषधि भेटियो भन्ने हल्ला त कहिले गर्मीमा बस्दा वा रक्सी खाने मान्छेलाई कोरोना सर्दैन भन्नेजस्ता अफवाहका माझ नेपाली समाज गुज्रिरहेको छ । 

यस्तै हल्ला र वास्तविकता उजागर गर्ने प्रयासमा अमेरिकाको मेडिकल कलेज अफ विस्कन्सिनका सह–प्राध्यापक डा। हरिराज पौडेलसँगको कुराकानीका आधारमा तयार पारेको छ  यो सामाग्री । डा. पौडेल प्राध्यापनसहित कोरोना भाइरसका बिरामीको उपचारमा खटिरहेका छन् । उनी कार्यरत हस्पिटलमा अहिले एक सय जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९)
कोरोना भाइरस, भाइरसहरूको परिवार हो । यो जनावर वा मानिसमा बिमारको कारण बन्न सक्छ । मानिसमा धेरै कोरोनविर्यूज सामान्य सर्दीदेखि गम्भीर बिमारको कारण बन्छन् । जस्तो कि, सन् २०१२ मा पत्ता लागेको मिडल इस्ट रेसपिरोटेरी सिन्ड्रोम ९ःभ्च्क्० र सन् २००३ मा थाहा भएको सेभेर एक्युट रेसपिरोटेरी सिन्ड्रोम  पनि श्वासप्रस्वासमा संक्रमणको कारण मानिन्छ । अहिले देखिएको कोरोना भाइरसको कारण कोरोना भाइरस रोग कोभिड–१९ हो ।

 हल्ला : कोरोना भाइरस लागेपछि मृत्युको सम्भावना उच्च हुन्छ

वास्तविकता स् कोरोना भाइरस संक्रमितको संख्या जति छ, त्यसको तुलनामा मृत्यु हुनेको संख्या निकै कम हो । अर्थात्, एक सय जनालाई कोरोना संक्रमण भएको छ भने त्यसमा एक जनाको मात्र मृत्यु भइरहेको छ ।

९५ प्रतिशत कोरोना भाइरस संक्रमित त सामान्य अवस्थामै ठीक भएका छन् । ६ प्रतिशत बिरामी सिकस्त भई अस्पताल भर्ना गर्नुपर्ने तथा १र२ प्रतिशत बिरामीलाई गम्भीर अवस्थामा भेन्टिलेटर  मा राख्नुपर्ने देखिएको छ ।

हल्ला : बुढाबूढी र रोगीलाई मात्र कोरोना लाग्छ

वास्तविकता स्कोरोना भाइरसले फोक्सोलाई संक्रमित गर्छ । ज्येष्ठ नागरिक र पहिलेदेखि नै श्वासप्रस्वास, मधुमेह र हृदय रोगजस्ता समस्याको सामना गरिरहेकाहरू कोरोना भाइरसका कारण गम्भीर रूपमा बिरामी हुने सम्भावना हुन्छ । यद्यपि, जुनसुकै उमेर समूहका मानिसलाई पनि संक्रमण देखिन सक्छ । धेरै ज्येष्ठ र मधुमेह, श्वासप्रस्वासको समस्या झेलिरहेकाहरूमा यो भाइरसको संक्रमण देखिए मृत्युको सम्भावना अलि उच्च हुन्छ किनकि, यस्ता बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

हल्ला : कोरोनाविरुद्धको भ्याक्सीन बन्यो

वास्तविकता स् अहिलेसम्म कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको भ्याक्सीन तयार भइसकेको छैन । चीनसहित अमेरिकाजस्ता मुलुकले कोरोनाविरुद्धको भ्याक्सीन बनाउनमा काम गरिरहेका छन् । यसअघि नै मर्स, सार्सजस्ता कोरोना भाइरसविरुद्ध काम गरेको अनुभव भएकाले अमेरिकाले अबका केही महिनाभित्र नै भ्याक्सीनको सफल परीक्षण गर्न सक्ने धेरेको विश्वास छ ।

हल्ला : रक्सी खाँदा कोरोना भाइरस मर्छ

वास्तविकता स् विश्व स्वास्थ्य संगठनले पनि भनिसकेको छ कि यो अफवाह हो । रक्सी खाँदा भाइरस मर्ने भए युरोपेली र अमेरिकी किन यति क्षति सहेर बस्थे होला त रु कोरोना मर्छ भनेर मदिरा सेवन गर्दा झन् ठूलो समस्या आइ पर्न सक्छ ।

हल्ला : गर्मी वा तातो ठाउँमा कोरोना भाइरस धेरै बेर बाँच्न सक्दैन

वास्तविकता स् विश्व स्वास्थ्य संगठनले पनि स्पष्ट पारिसकेको छ कि जाडो गर्मी, तातो चिसो सबै मौसममा कोरोनाको जोखिम उत्तिकै रहन्छ । निकै गर्मी हुने देशमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

हल्ला:ज्वरो आउनु, खोकी लाग्नु र थाक्नु मात्र कोरोनाका लक्षण हुन्

वास्तविकता स् ज्वरो आउनु र सुक्खा खोकी लाग्नुकोरोना भाइरस संक्रमणका प्रमुख लक्षण हुन् । तर, कतिपय बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने, सुँघ्ने क्षमतामा कमी आउनेजस्ता लक्षण पनि पाइएको छ ।  कसैकसैलाई त संक्रमण भइसके पनि उनीहरूमा कुनै लक्षण देखिईरहेको छैन ।

यो भाइरसका कारण शरीरको तापमान ३७।८ डिग्री सेल्सियससम्म बढ्न सक्छ, यसरी व्यक्तिको शरीर तात्छ र उसलाई जाडो महसुस हुन सक्छ । त्यसपछि कामज्वरो महसुस हुन सक्छ ।

यसका कारण घाँटी खसखस, टाउको दुखाइदेखि डायरिया पनि हुनसक्छ । केही सोधले त खाँदा स्वाद महसुस नहुनु र कुनै चिजको गन्ध थाहा नपाउनु पनि कोरोना भाइरसको लक्षण हुन सक्ने औंल्याएका छन् ।

कोरोना भाइरसका लक्षण देखिन औसतमा पाँच दिनको समय लाग्न सक्छ तर, कतिपय व्यक्तिमा यस्तो समय कम पनि हुन्छ ।

भाइरस शरीरमा पुग्नु र लक्षण देखिनुका बीचमा १४ दिनसम्मको समय हुन सक्छ ।

हल्ला : कोरोना लाग्दा हुने खोकी छुट्टै खाले हुन्छ 

वास्तविकता स् खोकी अरु आमखोकी जस्तै नै हो । तर, संक्रमणको जटिलताअनुसार यो बढ्दै जाने देखिएको छ ।

 अब कोरोनाबारे आम मानिसका जिज्ञासातिर लागौंउदयपुर बेलका नगरपालिका–९ का २६ वर्षीया नवराज घिमिरे प्रश्न गर्छन्, ‘कस्ता व्यक्तिलाई कोरोना भाइरस छिट्टो सर्छ रु नेपालमै एक व्यक्तिबाट उनकी भाउजूलाई कोरोना सर्‍यो तर करिब एक सातादेखि सँगै रहेकी श्रीमती र छोरीलाई किन सरेन रु

डा. पौडेलको जवाफ यस्तो छ 

मलाई लाग्छ, धेरैमा यो जिज्ञासा छ, जुन स्वाभाविक हो । रोग प्रतिरोधात्मक क्षमता भएकाहरूलाई कोरोनाको संक्रमणको सम्भावना न्यून हुन्छ । नेपालको धनगढीमा पाइएको केसमा त्यस्तै भएको हुन सक्छ । सर्नचाहिँ सबै उमेर समूहका मानिसलाई कोरोना भाइरस सर्न सक्छ तर रोग प्रतिरोधक क्षमता बढी भएकामा संक्रमणको सम्भावना कम हुन्छ ।उदयपुरकै ३३ वर्षीय उत्तम भुजेलको जिज्ञासा छ, ‘यसको औषधि पनि रहेन छ, हाम्रोमा त कसैमा लक्षण देखियो भने परीक्षण गर्न सुनसरीको धरान पुग्नुपर्ने हुन्छ, त्यहाँ पनि भीडभाड ज्यादा हुन्छ, उल्टै सर्ला भन्ने चिन्ता छ । कसैमा रोगको लक्षण देखियो भने घरमै बसेर कोरोना भएरनभएको थाहा पाउन सकिँदैन रु

डा. पौडेलको जवाफ 

कोरोना भाइरस संक्रमणको पुष्टि भनेको प्रयोगशालाले मात्र गर्छ । घरमा बसेर त लक्षणअनुसार अनुमान मात्र गर्ने हो । कोरोना प्रभावित मुलुकबाट गाउँ पुगेकाहरू र उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिसम्म तपाईं पुग्नुभएको छ कि छैन भन्ने कुरा पहिला सम्झनुपर्छ । तपाईं पुग्नुभएको छ र तपाईंमा कोरोना जस्तै लक्षण देखियो भने कोरोना संक्रमण पुष्टि हुने सम्भावना उच्च हुन्छ । त्यस्ता व्यक्तिको सम्पर्कमा जानुभएको छैन तर तपाईंलाई कोरोना जस्तै लाग्ने लक्षण देखिए पनि तपाईंमा कोरोना नेगेटिभ पनि हुन सक्छ । शिक्षण पेसामा आवद्ध सुनसरीका ३३ वर्षीय नरबहादुर मगर प्रश्न गर्छन् स् परीक्षण किटको नतिजामा पूर्ण विश्वास गर्न सकिन्छ रु

वास्तवमा यो आजको गम्भीर प्रश्न हो । कोरोना भाइरस पत्ता लगाउन सबैभन्दा आम परीक्षण रिभर्स ट्रान्सकिप्सन पोलिमरेज चेन रियाक्सन ९आरटी–पीसीआर० हो । यो प्रविधिले भाइरसको कणहरू पत्ता लगाउन सक्छ, जो संक्रमणको सुरुवातमै श्वासप्रस्वासमा हुन्छ । यसले सानोभन्दा सानो भाइरससमेत पत्ता लगाउन सक्छ । तर, वास्तविकतामा नतिजा अरु नै देखिन्छ । यो प्रविधि कोरोना भाइरसको पहिचान गर्नमा धेरै पटक गलत साबित भइरहेको छ ।

मैले यस्ता केही केस आफ्ना सहकर्मी डाक्टर र बिरामीबाट सुनेको छु, पहिलो परीक्षण नेगेटिभ आए पनि स्वास्थ्य अवस्था खराब भएपछि कोरोना पोजिटिभ आएको थियो ।

अहिलेसम्म अमेरिकामा यस खालको परीक्षण रिपोर्टको विवरण छैन । तर, रिसर्चहरूको प्रारम्भिक अनुमानअनुसार यस प्रकारको फल्स नेगेटिभ कम्तीमा २० प्रतिशत हुने देखिएको छ ।

कुनै परीक्षण नेगेटिभ आउनुका कैयौँ कारण हुन सक्छन् । नमूना नै सही तरिकाले नलिइएको हुन सक्छ । सामान्यरूपमा यो प्रविधिमा एक पट्टीलाई नाकको भित्रसम्म घुसाएर फ्लूडको नमूना लिइन्छ । यो सजिलो हुँदैन, बिरामीलाई यो झेल्न निकै जटिल हुन्छ । दोस्रो कारण, ल्याबमा प्रविधि र चिजको गलत तरिकाले प्रयोग भइरहेको पनि हुन सक्छ ।

अन्तमा, डा. पौडेल नेपालजस्तो मुलुकमा प्रकोप रोक्न सरकारले गरिरहेको प्रयासलाई नागरिकले सघाउनु नै बृद्धिमानी हुने सुझाव दिछन् । ‘सामाजिक दूरी कायम राख्ने, साबुन पानीले बेलाबेला हात धुने, लकडाउनको पालना गर्ने कामलाई झन्झट नमानी निरन्तरता दिनुभयो भने कोरोनाले छुन सक्दैन । तपाईंले जानेका सतर्कताका विश्वसनीय कुरा विभिन्न माध्यमबाट अरुसम्म पनि पुर्‍याउनु झन् विवेकपूर्ण कार्य हो’, डा. पौडेलले भने ।  

हरिराज पौडेल, सह(प्राध्यापक, मेडिकल कलेज अफ विस्कन्सिन, अमेरिका 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०