Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कोभिड १९: वडा अध्यक्ष हुनु त हेटौंडा ९ को जस्तो

bhandar-1585963938.jpg

विश्वभर फैलिरहेको कोरोना भाईरस कोभिड–१९ को संक्रमणका बेला हेटौंडा–९ का वडा अध्यक्षको सक्रियता झन बढेको छ । कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनमा आफ्नो वडा भित्र विभिन्न सुरक्षाका तयारी गर्नुका साथै अत्यावश्यक सामग्रीको व्यवस्थापन देखि सचेतना फैलाउने तर्फ  अध्यक्ष लक्षमण प्रसाद भण्डारी सक्रिय भएर लागेका छन् ।

जनतालाई सेवा प्रदान गर्ने कुरामा लकडाउनका बेलामा २१  चैतमा आफै ड्राईभर समेत बन्न पछि परेनन् । वडा भित्रका दुईजनालाई प्रसुतीका लागि अस्पताल पु¥याउन उहाँ आफैं ड्राईभर बनेर अस्पताल पुगेका थिए। वडाको खाद्य टोल विकास संस्था स्थित मिलन परियारको बुहारी र प्रगतीशील टोल विकास संस्था स्थित दामोदर कुईकेलकी श्रीमतीलाई प्रसुतीका लागि उनले आफै ड्राइभर बनेर अस्पताल पु¥याए । सरकारले जारी गरेको लकडाउनको पालना गर्नुपर्ने तथा एम्बुलेन्स समेत नपार्ईएकाले प्रसुतीका लागि आफैंले अस्पताल सम्म पु¥याएको उनले बताए । 

त्यस्तै लकडाउनका बेलामा दैनीक ज्यालादारी गरेर गुजारा चलाउनेहरुका लागि राहत वितरणको काम शनिबार गर्ने समेत बताए । राहत संकलन तथा प्याकिङको काम सम्पन्न भएकाले २२ चैतमा उनिहरुलाई राहत वितरण गरिने उनले बताए । वडा भित्रका १९८ परिवारका ६७२ जना त्यस्ता व्यक्तिहरुको त्थ्याङ्क संकलन भएको र सोही बमोजिम २२ चैत टोल विकास संस्था मार्फत राहत प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिए । टोल विकासका अध्यक्षलाई राहत हस्तान्तरण गरिने र टोल विकास संस्थाका अध्यक्षहरुले उनीहरुको घर/घरमा पुगेर राहत वितरण गर्ने उनले बताए । वडामा २४ वटा टोल विकास संस्थाहरु रहेका छन् ।