Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोगटेमा बृहत साँस्कृतिक कार्यक्रम, करिश्मा र करिना नृत्यमा प्रथम

भिमफेदी गाउँपालिकाको वडा नम्बर ७ कोगटेमा अवस्थित श्री माध्यमिक विद्यालयमा शुभकामना आदानप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । विजया दशमी तथा दिपावलीका अवसरमा विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुतीका साथै प्रावि र निमावि तथा मावि स्तरीय नृत्य प्रतियोगिता समेत भएको थियो ।

पं्रावि स्तरीय नृत्य प्रतियोगितामा करिश्मा पुलामी प्रथम भएकी छिन् । साथै देवयानी आले द्वित्तीय र पूर्णिमा तृतीय भएका थिए । त्यस्तै निमावि तथा मावि स्तरीय नृत्य प्रतियोगितामा करिना पुलामी प्रथम भएकी छिन् । साथै दिनेश सारु द्वित्तीय, कृषला गरन्जा तृतीय र शान्ति राना सान्त्वना भएका छन् । विजेताहरुलाई प्रमुख अतिथि र अध्यक्षले पुरस्कार वितरण प्रदान गरेका थिए ।

कार्यक्रममा शिक्षक शिव आचार्यले उद्घोषण गरेका थिए भने शिक्षक–शिक्षिकाहरु तान्जेन लामा, शुसिला आले र स्वस्तिका रिमालले निर्णायकको भूमिका निभाएका थिए । प्राविधिक तर्फको जिम्मेवारी सुब्बा आलेले लिएका थिए भने कार्यक्रम प्रायोजन शिक्षक तान्जेन लामाले गरेका थिए ।

कार्यक्रममा शिक्षक सुब्बा आले, शिव आचार्यका साथै विद्यार्थीहरुले गायनकला समेत प्रस्तुत गरेका थिए भने शिक्षक तान्जेन तामाङसहित विद्यार्थीको टोलीले हाँस्यव्यङ्ग्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर आलेको अध्यक्षता तथा भिमफेदी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बुद्धिबहादुर सिँजालीको प्रमुख आतिथ्यतामा भएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०