Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कैलाश गाउपालिकामा हिरा लुटेको आरोपमा चार जना पुर्पक्षका लागि थुनामा

makawanpur-jilla-adhalat-1587190715.jpg

हिरा लुटपाट गरेको आरोपमा तीन प्रहरी र एक पत्रकारलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । एक अभियुक्तलाई भने २५ हजार रुपैयाँ धरौटी लिई तारेखमा छाड्ने आदेश दिइएको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको शुक्रबार बसेको इजलासले मकवानपुर कैलाश गाउँपालिका–५, चौकीटार गोगनेकी धनलक्ष्मी गुरूङको हिरा लुटेको आरोपमा ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगरलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

धनलक्ष्मीको ज्वाइँ अमृत थिङलाई २५ हजार धरौटी लिई तारेखमा छाड्ने आदेश दिएको हो। थुनामा जाने आचार्य पत्रकार हुन् भने अन्य तीन जना प्रहरी हुन्।मकवानपुर कैलाश गाउँपालिका–५, चौकीटार गोगनेकी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले गत चैत ७ गते हिरा लुटेका थिए। इलाका प्रहरी कार्यालय पालुङले उनीहरूको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको थियो।

लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कारसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरुलाई चैत ८ गते पक्राउ गरेको थियो।
 इकान्तिपुरबाट ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०