Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कैलाश गाउँपालिकामा झण्डै एक करोडको विपद व्यवस्थापन कोष

kailas-1586602829.jpg

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहँदा यसको नियन्त्रणका लागि स्थानीय तहबाट उदाहरणीय कामहरु भइरहेका छन् । यसै सन्दर्भमा मकवानपुरको विकट कैलाश गाउँपालिकाले झण्डै १ करोड रुपियाँ बराबरको विपद् व्यवस्थापन कोष तयारी अबस्थामा राखिएको कैलाश गाउँपालिकाले जनाएको छ ।

कैलाश गाउँपालिकामा गठित गाउँपालिकास्तरीय बिपद् व्यवस्थापन समितिको तेस्रो बैठक र नवौँ कार्यपालिका बैठकबाट ९७ लाख १२ हजार ५ सय रुपियाँको विपद् व्यवस्थापन कोषमा रकम रहेको जानकारी दिइएको हो । गाउँसभाले जलउत्पन्नजन्य बाढीपहिरो, आगलागी, भूकम्प, चट्याङ सहितका प्राकृतिक विपद्हरुको सामना, पूर्वतयारी, उद्धार तथा राहतका लागि विभिन्न शीर्षकहरुमा बजेट बिनियोजन गरेको थियो ।

सोही क्रममा कोरोना भाइरसको संक्रमण बढेसँगै कोषमा रकम थपेर ९७ लाख १२ हजार ५ सय रुपियाँ पु¥याइएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिए। उनका अनुसार गाउँसभाले पारित गरे बमोजिम बिपद् व्यवस्थापन कोषमा बागमती प्रदेश सरकारको तर्फबाट १० लाख रुपियाँ, मकवानपुर प्रदेश सभा २ को ९ख० बाट निर्बाचित सांसद इन्द्रबहादुर बानियाँबाट २ लाख रुपियाँ, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको १०÷१० हजार र सबै वडाध्यक्षहरुको तर्फबाट ५÷५ हजार गरी ७० हजार रुपियाँ विपद् व्यवस्थापनका कोषमा जम्मा गरिएको छ ।

त्यसैगरी गाउँपालिकामा कार्यरत कर्मचारीहरुको तर्फबाट २ लाख ४० हजार रुपियाँ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगरको तर्फबाट ११ हजार ५ सय विपद् व्यवस्थापनमा कोषमा जम्मा भएको छ ।

‘यी सबै रकमहरु विपद् व्यवस्थापनको काममा लगाइनेछ’, गाउँपालिका अध्यक्ष मुक्तानले भने–‘बिपद्को सामना गर्नका लागि प्रदेश सरकार, सांसद, जनजनप्रतिनिधिहरु, कर्मचारीहरु तथा पत्रकाहरुले समेत गाउँपालिकालाई सहयोग गर्नु भएकोमा उहाँहरुप्रति आभारी छौँ ।’

विपद् व्यवस्थापन कोषबाट कोरोना संक्रमण रोक्नका लागि जनचेतनामुलक कार्यक्रमहरु, सरसफाईका सामग्रीहरुको खरिद, व्यवस्थापन, क्वारेन्टाइन सञ्चालन, निःशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्य र सुरक्षाकर्मीहरुको परिचालन, स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था, हेल्थ डेस्कहरुको स्थापना र ज्वरो जाँच तथा संक्रमण फेला परेमा उनीहरुको उपचारका लागि खर्च गर्नेगरी प्राथमिकतामा राखिएको अध्यक्ष मुक्तानले जानकारी दिए ।

त्यसैगरी बिपद्को सामनाका लागि आवश्यक विपद् सामग्री तथा खाद्यान्न बैँक स्थापना गरिने, बिपद् टार्नका लागि खाद्यान्न, स्वास्थ्य तथा सरसफाई सामग्रीहरुको ढुवानी र बितरणका लागि सजिलो पार्न सबारी साधनको व्यवस्थापन गर्ने, बर्षाको समयमा मर्मत गर्नुपर्ने बाटोघाटो मर्मत सम्भारका लागि घटाघटमा हेभी मेसिन र औजारहरु भाडामा लिने प्रक्रियाहरु अघि बढाउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

राहतभन्दा पहिला घरघरमै साबुन
कैलाश गाउँपालिका राहत बितरण गर्न हतारिएको छैन । गाउँपालिका अध्यक्ष मुक्तान गाउँघरमा छाकै टार्न नसकेर भोकै बस्नुपर्नेहरुको संख्या कम रहेको बताउछन । ‘सहर बजारमा जस्तो होइन, गाउँघरमा एैँचोपैँचोको संस्कार हराएको छैन’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘ऋण सापटी र एैँचोपैँचो गरेर भए पनि गरिब र बिपन्न मानिसहरुले हातमुख जोर्न सकिरहेको अबस्था छ ।’ तर अझै लक डाउन लम्बियो भने अबस्था भयाबह हुन सक्नेतर्फ गाउँपालिका सचेत रहेको उनले बताए ।

उनका अनुसार अब गाउँपालिकाले आम जनताको अबस्था बुझ्न हरेक घरमा ६ वटाका दरले साबुन लिएर जनप्रतिनिधिहरु गाउँगाउँ पुग्नेछन् । हरेकलाई साबुन पानीले हात धुन सिकाउने र गाउँमा भोकमरीको अबस्था पनि बुझ्ने हिसाबले यस्तो गतिविधि अघि बढाउन लागिएको हो । ‘अबस्था बुझिसकेपछि मात्रै हामी राहत बितरण प्रक्रियामा लाग्नेछौँ’, अध्यक्ष मुक्तान भने–‘तत्कालै खानै नपाएर छट्पटिएकाहरुका लागि सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत आकस्मिक व्यवस्थापन पनि हुनेछ ।’

अन्य गाउँपालिकातिर राहत बाँडेको भद्रगोलको अबस्था देखेर पनि कैलाश गाउँपालिका राहत बाँड्न नहतारिएको अध्यक्ष मुक्तानको भनाई छ ।

राहतभन्दा पनि रोग सर्न नदिनेतर्फ ध्यान केन्द्रित गरिएको र स्वास्थ्य र सरसफाईलाई प्राथमिकतामा पारिएको उनले बताए। ‘हामी केही समयभित्रै राहत पनि बाँड्छौ’, अध्यक्ष मुक्तानले भने–‘तर त्यसभन्दा अघि साबुन लिएर घरघरै पुग्छौँ ।’

राहत आफैले बाँड्ने, अनुगमन सर्बपक्षीय हुने
कैलाश गाउँपालिकाले राहत बितरण एकद्वार प्रणालीबाट गर्ने जनाएको छ । स्थानीय सरकारले असहाय, अति बिपन्न, अति अशक्त र असंगठित ज्याला मजदुरी गर्नेहरुको विवरण संकलन गरी हरेक वडाको नामावली सार्बजनिक गरी जनप्रतिनिधिमार्फत राहत बितरण गर्ने तयारी गरेको जनाइएको छ ।

राहत बितरण जनप्रतिनिधिहरुमार्फत गरिएपनि अनुगमन भने सर्बपक्षीय हुने अध्यक्ष मुक्तानले बताए। सर्बपक्षीय अनुगनम समिति निर्माण गरी कैलाश गाउँपालिको राहत बितरण प्रक्रियालाई पारदर्शी बनाउन खोजेको छ । समितिमा उपाध्यक्ष सुकुमाया थिङको नेतृत्वमा १० वटै वडाका वडाध्यक्षहरु, राष्ट्रिय मान्यताप्राप्त राजनीतिक पार्टीका प्रतिनिधिहरु, कैलाशमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, रेडक्रसका उपशाखाहरु, प्रहरी कार्यालयका प्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु सम्मिलित छन् । 

मनहरी लाइभबाट साभार ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

kailas-1586602830.jpg