nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कैलाशको चौकीटारमा नचिनेका समूहबाट जेसीबीमा आगजनी

मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकी टारमा राखिएको जेसीबीमा नचिनेका मानिसहरुले आगजनी गरेका छन् । 

२० भाद्र राती १२ बजेतिर वडा कार्यालय अगाडि रोकी राखेको जेसीबीमा आगो लगाइएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।  बर्खामा सडकलाई नियमित सुचारु गराउनका लागि प्रयोगमा ल्यायएको जेसीबी जलाइएको अध्यक्ष मोक्तानले बताए । किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पु¥याउनको लागि सडकलाई नियमित गर्ने काममा लगायएको जेसीबीमा आगजनी हुँदा अब किसानहरुलाइृ ठूलो समस्या परेकोमा मोक्तानले दुख व्यक्त गरेका छन् । 

१२ वर्षे द्वन्द्धकालमा पनि कैलाशले यस्तो क्षति व्यहोर्नु नपरेको अध्यक्ष मोक्तानको भनाइ छ । जेसीबीमा कस्ले आगजनी गर्यो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।