nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

के हो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ? यसबाट किसानले के फाईदा पाउँछन् ?

PMMMaaa-1545475315.png

परिचय : कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधिक तथा उत्पादन सामग्रीको व्यवस्था, बाली÷वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्पmत कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना परियोजनाले गरेको छ । यो परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति  कार्यान्वयनको सहयोग परियाँेजना हो। । परियोजना नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई आ.व. २०७३/७४ देखि देशभर सञ्चालित छ ।

सोच :

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दीगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने ।

लक्ष्य :

समग्र कृषि मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्पmत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरणमा उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पु¥याउने ।

उद्देश्य :

क) प्रमुख कृषि उपजह?को विशिष्टिकृत क्षेत्रहरु निर्माण गर्ने 

ख) निर्यातयोग्य कृषि वस्तुहरुको मूल्य अभिबृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफाम’खी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, र

ग) बहुसरोकारवाला निकायह?बीचको कार्यमरुलयक समन्वय मार्पmत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने ।

रणनीतिहरु

ङ) भूमिको वैज्ञानिक उपयोग

च) आधुनिक कृषि प्रविधिहरुको अबलम्बन

छ)  कृषिमा यान्त्रिकरण

ज)  कृषि उपजहरुको प्रशोधन तथा बजारीकरण पूर्वाधारहरुको विकास

झ) कृषि अनुसन्धान, शिक्षा, प्रसार प्रणालीको सुदृढ समन्वय एवं आधुनिकीकरण

ञ) प्रतिफलमा आधारित प्रोत्साहत प्रणालीको अबलम्बन

ट) गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता अभिबृद्धि

ठ) वातावरण परिवर्तन अनुकूलित कृषि प्रणाली अबलम्बन परियोजनाका सम्भागहरु

ड) साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम

ढ) व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम

ण) व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम

त) बृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम

 

परियोजना सञ्चालनको अवधारणा

१) कृषियोग्य जमीनको चक्लाबन्दी

२) विशिष्टिकृत व्यावसायिकरण

३) उन्नत प्रविधि र गुणस्तरीय पूर्वाधार विकास

४) अन्तर्राष्ट्रिय रुपमा बजारमा प्रतिस्पर्धी कृषि र औद्योगीकरण

५) उपलब्धीमा आधारित सहजीकरण

 

अपेक्षित उपलब्धी

१) परियोजना सञ्चालनको प्रथम वर्षमा प्रत्येक जिल्लामा भौ गोलिक सम्भाव्यता तथा स्थानीय आवश्यकताका आधारमा छानिएका कम्तिमा १० हेक्टर क्षेत्रफलका तोकिएका जिल्लामा तोकिएका संख्या गरी कम्तिमा २१०० साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)हरु, प्रत्येक जिल्लामा १०० हेक्टरका २ वटा गरी कम्तिमा १५० व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) हरु स्थापना भएको हुनेछ । त्यसैगरि, तोकिएका ३० जिल्लामा ५०० हेक्टर क्षेत्रफलका कम्तिमा ३० कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) हरु स्थापना गरिनेछ . प्रत्येक प्रदेशमा एक हजार क्षेत्रफलका कम्तिमा ७ वटा बृहत कृषि उत्पादन तथा औद्योगिक क्षेत्र (सुपर जोन) स्थापना भएको हुनेछ ।

परियोजना अवधिभरमा यस्ता पकेट, ब्लक, जोन र सुपरजोनको संख्यामा सम्भाव्यता र औचित्यताकाआधारमा क्रमशः बृद्धि गर्दै कम्तिमा १० हजार पकेटहरु, १५०० ब्लकहरु, ३०० जोनहरु र २१ सुपर जोनहरु स्थापना भएको हुनेछ । प्रथम वर्षमा छानिएका १८ वटा बाली/वस्तुहरु ४२ हजार ३०० हेक्टरमा खेती भइ करिब ४ लाख ७७ हजार मे.टन उत्पादन हुने अनुमान गरिएको छ ।

२) आगामी ३ वर्ष भित्र प्रम’ख खाद्यान्न बालीहरु (धान, गहुँ,मकै)मा आगामी २ वर्ष भित्र तरकारी बाली र माछामा र ७ वर्ष भित्र प्रमुख फलफूल बालीमा आत्मनिर्भर भएको हुनेछ ।

४) परियोजनाको प्रथम वर्षमा करिब ८ लाख ७) हजार आंशिक र ४३ हजार ५०० स्थायी रोजगारी सृजना भएको हुनेछ .परियोजनाको अन्तिम वर्षमा करिब ५ लाख १० हजार आंशिक र २५ हजार ५०० स्थायी रोजगारीको संख्या कायम रहनेछ .

५) हालको मूल्यमा परियोजना सञ्चालनको प्रथम वर्षमा कुल लगानी करिब ५ अर्व ७८ करोडबाट मूल्य अभिबृद्धि सहित करिब २६ अर्व ८ करोड मूल्य बरावरको र परियोजना अवधिभरमा कुल लगानी करिब १ खर्व ३० अर्वबाट मूल्य अभिबृद्धि सहित करिब २० खर्व ९५ अर्ब ७५ करोड मूल्य बरावरको रकम कुल गार्हस्थ उत्पादनमा योगदान पुगेको हुनेछ जसबाट कृषि विकास रणनीतिको पहिलो !) वर्षको लक्ष्य हासिल गर्न महत्वपूर्ण सहयोग पुग्नेछ ।

६) आगामी ३ वर्षभित्र प्रमुख खाद्यान्न बालीहरु (धान, गहँँ, मकै) आगामी २ वर्षभित्र तरकारी बाली र माछामा तथा ७ वर्ष भित्र प्रमुख फलफूल बालीमा आत्मनिर्भर भएको हुनेछ ।

परियोजना निर्देशक समिति

कृषि विकास रणनीति कार्यान्वयन समितिले प्रधानमन्त्री

कृषि आधुनिकीकरण परियोजनाको हकमा परियोजना निर्देशक

समितिको रुपमा कार्य गर्नेछ । यसको अध्यक्षता माननीय कृषि

विकास मन्त्रीले गर्ने व्यवस्था छ ।

 

परियोजना कार्यान्वय समिति

कृषि विकास रणनीतिमा केन्द्रिय कृषि विकास कार्यान्वयन समिति नै यस परियोजनाको कार्यान्वयन समिति हुनेछ ।

 छनौट गरिएको मूल्य श्रृंखला

आ.व. २०७३/७४ मा १८ वटा मूल्य श्रृंखलामा परियोजनाले लक्षित गरेको छ . ति मूल्य श्रृंखलामा धान, गहुँ, मकै, आलु, माछा, तरकारी, मकै बीउ, स्याउ, अदुवा, बेसार, अलैंची, सुन्तलाजात फलफूल, आँप, जुनार, जैतुन, सिमी, किवी, केरा र भटमास रहेका छन् । आगामी वर्षमा यी मूल्य श्रृंखलाहरु क्रमशः थपिंदै जानेछन् । 

स्रोत : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना वेबसाईट

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)