Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कृषि सहकारी संघ मकवानपुरको अध्यक्षमा सुवेदी निर्वाचित

जिल्ला कृषि सहकारी संघ मकवानपुरको अध्यक्षमा महेश्वर सुवेदी सर्वसम्मत निर्वाचित भएकाछन् । मकवानपुरको हेटौंडामा ६ माघमा भएको संघको तेस्रो अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । 

जिल्ला समितिमा ७ सदस्यीय चयन भएका छन् । यसअघि जिल्ला संघको संस्थापक अध्यक्ष एकराज उप्रेती रहेका थिए । मनहरी गाउँपालिकाका अध्यक्ष समेत रहेका उप्रेतीले ८ वर्ष अध्यक्ष भई संघको नेतृत्व गरेका थिए ।  निर्वाचित पदाअधिकारीहरुलाई संस्थापक अध्यक्ष उप्रेतीले पद सपथ ग्रहण गराएका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०