Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कृषि उत्पादनलाई बढाउन अनुदान उपलब्ध गराउन इन्सेकको माग

download-1588041340.jpg

किसानहरुलाई सहजै मल विउलगायतको व्यवस्था गर्नका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आग्रह गरेको छ । विपदका बेला किसानलाई अनुदानको व्यवस्थ ागर्न समेत आग्रह गरेको छ । लकडाउन सुरु भएको एक महिना पुगिसक्दा पनि कृषकले खेतिका लागि आवश्यक मल, बीउ नपाएको बागमती प्रदेशस्थित इन्सेक प्रतिनिधिहरूले पठाएको प्रतिवेदनबाट जानकारीमा आएको बताउँदै इन्सेकले यस्तो आग्रह गरेको हो । 

इन्सेकले १५ वैशाखमा एक विज्ञप्ती प्रकाशन गर्दै लकडाउको कारण रासायनिक मल र मकैको बीउ स्थानीय तहमा उपलब्ध नभएपछि किसानहरू अन्यौलमा परेको जनाएको छ । विश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन रहेको छ । लकडाउनका कारण कृषकले उत्पादन गरेको कृषि उपजले बजार पाएको छैन । देशका प्रमुख बालि धान, मकै, दलहन तथा तरकारी खेतिको मौसम सुरु भैसकेको    छ ।

मुख्य खाद्यबाली तथा तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्राङ्गारिक मलको अभाव भएको विज्ञप्तीमा उल्लेख छ । इन्सेक बागमती प्रदेश संयोजक कृष्ण कृष्ण गौतम संयोजकद्वारा हस्ताक्षरित विज्ञप्तीमा,–‘किसानहरूलाई सहज रूपले रासायनिक मल, प्रांगारिक मल र गुणस्तरीय बिउबिजन र सिँचाईको व्यवस्था गर्नु राज्यको दायित्व हो । किसानहरूलाई चाहिने मल, बीउबिजनलगायतका कृषि सामग्री मा अनुदान उपलब्ध गराउन आवश्यक छ’ भनिएको छ ।  

कृषकको उत्पादनले बजार नपाउँदा काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवकोट लगायत जिल्लाका कृषकहरू मर्कामा परेको विज्ञप्तमिा उल्लेख छ । एकातिर कृषि उत्पादनले बजार नपाइरहँदा अर्कोतिर उपभोक्ता भने तरकारी तथा फलफूल लगायतका उभोभोग्य वस्तुको अभाव र चर्को मूल्य वृद्धिको मारमा रहेको समेत विज्ञप्तीमा उल्लेख छ । इन्सेकले किसानको लागि सहयोग गर्न बागमती प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको छ । 

यसैबीच, संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध विचार र अभिव्यक्ति कुण्ठित हुने गतिविधि देखिएकोले मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण विज्ञप्ती मार्फत गराइएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०