nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको कृषि उत्पादकत्व बढाउन आइपीएम कक्षा

IPM-0001-1558588233.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नंं १ का किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) तालीम संचालन भएको छ । तालीम आलुबालीमा गरिएको हो । प्रयोगात्मक रुपमा संचालन हुने तालिम थाहा नगरपालिका कृषि विकास शाखाले आयोजना गरेको हो । वडा नं. कुलगाउँमा संचालन भएको उक्त तालिम प्रत्येक शनिबार संचालन हुन्छ ।

शनिबार किसानकै खेतमा जम्मा भएर प्रयोगात्मक रुपमा तालिम दिइने गरेको सहजकर्ता शंकर महर्जनले जानकारी    दिए । आइपीएम कक्षामा विभिन्न कृषक समूहका २५ अगुवा किसान सहभागी   छन् । आलुको उत्पादकत्व वृद्धि गराउने, बजारिकरण गर्ने, जात पहिचान र अर्गानिक उत्पादकत्व बढाउने उद्देश्यले आइपीएम तालिम संचालन गरिएको थाहा नगरपालिकाकर्की कृषि प्राविधिक सानु गौतमले जानकारी दिइन् । तालिम १६ हप्तासम्म संचालन गरिन्छ । आलु रोपेदेखि गोड्ने, सिचाई, मललगायतको सम्पूर्ण क्रियाकलाप सहित बाली भित्र्याउने सम्मको क्रियाकलाप तालीम अवधिमा हुने कृषि प्राविधिक गौतमले बताइन् । 

किसानलाई सबैलाई पायक पर्ने एक जना किसानकै बारीमा संचालन गरिने भएकोले किसानहरुले सीप राम्रोसंग सिक्ने गौमले बताइन् । तालिममा जातिय प्रदर्शनी र कुन जातको आलुमा कति उत्पादन हुन्छ भनेर पनि हेरिनेछ । तालिममा कार्डिनल, डिजिरे, खुमल सेतो र जनकदेव जातका आलुमा परीक्षण तथा प्रदर्शनी गरिएको छ । 

भेडे खुर्साानीमा वडा नं. १० चित्लाङ विसिङ्खेलमा अर्को आइपीएम तालीम संचालन भइरहेको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख संजय तिवारीले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)