nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कृषिमा फड्को मार्दै कैलाश, ८० हजार विरुवा वितरण

मकवानपुरको कैलाश गाउँपालिकाले यो वर्षा मौसममा विभिन्न प्रजातिका ७० हजार बिरुवा वितरण गरेको छ ।

फलफुल, मसला, डालेघाँसका बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सरकारको बृक्षारोपण अभियानलाई सहयोग पु¥याउने तथा गाउँमै आम्दानी बढाउने उद्देश्यका साथ गाउँपालिकाले बिरुवा बितरण गरेको हो । चालु आर्थिक वर्ष २०७५र७६ को स्वीकृत कार्यक्रम अनुसार अलैंचीका ४० हजार र जुनारका ९६ हजार बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । 

यस्तै, सुन्तलाका ६ हजार, कागतीका ३ हजार, लिचीका १ हजार ८ सय, अम्रपाली आँपका ८ सय, माल्द आँपका २ सय, बम्बई आँपका ३ सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले अशोकका १ सय १, टिकका १ सय, चिउरीका ३ हजार, ओखरका २ हजार ५ सय, केराका २ हजार ४ सय, किबीका ५ सय, अनारका १ सय २० बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले वितरण गरेका बिरुवा मध्ये अलैंची, किबी, ओखर, कागती जस्ता प्रजाति राम्रो आम्दानी हुने नगदेबाली हुन् । गाउँपालिकाको भुगोल र हावापानीअनुसार बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।

कैलाश गाउँपालिकाको भँगोलअनुसारका वृक्षरोपणबाट भूक्षय नियन्त्रण हुनुकासाथै आयआर्जनको अवसर समेत हुने उहाँले दावी गरे । कृषिप्राविधिकको अध्ययनपश्चातः बिरुवा छनौट गरी सरकारी तथा निजी नर्सरीहरुबाट बिरुवा संकलन गरिएको बताइएको छ । जिल्लाभित्र र बाहिरबाट बिरुवाहरु संकलन गरिएको जानकारी दिनुहुँदै अध्यक्ष लामाले ओखरको बिरुवा हुम्लाबाट ल्याइएको र अलैंचीको बिरुवा इलामदेखि ल्याएको बताए । गाउँमा बृक्षा रोपण गरेर युवा जनशक्तिलाई स्वरोजगार बनाउने, भु–क्षय नियन्त्रण गर्ने तथा सरकारको अभियानमा समेत सहयोग पुग्ने उनले बताए । गाउँपालिकाले पर्यटन र कृषिबाटै समृद्धि प्राप्त गर्ने लक्ष्य लिएको समेत उनले जानकारी दिए ।

हेर्नुस् कैलाश गाउपालिकाले आ.ब. २०७५/०७६ को स्वीकृत कार्यक्रम अनुसारका  बितरण  गरिएका बिभिन्न जातका फलफुल बिरुवा 

  • जुनार ९६०० वटा बिरुवा 
  • सुन्तला ६००० वटा बिरुव 
  •  कागती ३००० वटा बिरुवा 
  •  लिची १८०० वटा बिरुवा 
  • अम्रपाली आँप ८०० वटा बिरुवा 
  •  माल्द आप २०० वटा बिरुवा 
  •  बम्बई आप ३०० वटा बिरुवा 
  • अलैची ४०,००० वटा बिरुवा 
  • अशोक बिरुवा १०१ वटा बिरुवा  
  •  टिक १०० वटा बिरुवा 
  •  चिउरी ३००० वटा बिरुव 
  • अोखर २५०० वटा बिरुवा 
  • केरा २४०० वटा बिरुवा 
  • किबी ५०० वटा बिरुवा 
  • अनार १२० बिरुवा


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)