nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

कृषक समूहको संयुक्त बार्षिकोत्सवमा सम्मान

मकवानपुरको नामटार वडा नम्बर ८ मा रहेको चार कृषक समूहले संयुक्त बार्षिकोत्सवमा पत्रकार, मिडिया तथा संघसंस्था सम्मानित भएका छन् । सियोन कृषक समूह सुकुभञ्ज्याङ्गको सातौँ, शान्ति सृजना कन्यादेवी कृषक समूह मरेङकोटको छैठौँ, एकता कृषक समूह गैरीगाउँको तेश्रो र हिमाल कृषक समूह सानोपोखरीको आठौँ बार्षिकोत्सव संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा कृषक समूहहरुले जिल्ला कृषि बिकास कार्यालय मकवानपुर, कृषि सेवा केन्द्र नामटार, नारि सीप सृजना केन्द्र, सहयोग सरोकार संस्था, टिम टिभी, पत्रकारद्वय रुपक कालिराज, जिवराज बख्रेललाई सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा कृषक समूहहरु सियोनका अध्यक्ष मिरा स्याङ्गतान, शान्ति सृजना कन्यादेवीका अध्यक्ष कुमार छुमी, एकताका अध्यक्ष जयबहादुर थिङ्ग र हिमालका सचिव रामलाल थिङ्गले आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्ला कृषि बिकास कार्यालयका प्रमुख निर्मल गदालको प्रमुख आतिथ्य तथा वडा नागरिक मञ्चका संयोजक मानबहादुर छुमीको सभाध्यक्षतामा भएको थियो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्र नामटारका अध्यक्ष राजेन्द्र सिन्तान, नेकपा एमालेका प्रतिनिधी एवम् कालिका उच्च माबि नामटारका अध्यक्ष बुद्धीबहादुर मुक्तान, गाबिस कृषि बिकास समिति उपाध्यक्ष दुर्जबहादुर बिष्ट, शान्ति समिति नामटारका संयोजक कमल अर्याल, समाजसेवी लालबहादुर वाईबा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत सञ्जय तिवारी, कृषि सेवा केन्द्र नामटारका प्रमुख अमरकान्त झा, सहयोग सरोकार संस्था धुलिखेलका केदार बजगाई, लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा कृषि समूहका महिलाहरुले कृषि, समस्या, सम्भावनाबारे गित समेत प्रस्तुत गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।