Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कृषकहरुलाई खुशीको खबर, ७५ % अनुदानमा कृषि सामाग्री

anudan-pic-1571049048.jpg

कृषिमा अभुनिकिकरणको सम्भावना खोजिरहेको किसानहरुको लागि कृषि यान्त्रिकरणमा ७५ प्रतिशत अनुदान कार्यक्रम ल्याएको छ । मिति २०७६ साल अशोज ९ गते सूचना प्रकाशित गर्दै ३ नं प्रदेश सरकार भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले उक्त कार्यक्रम ल्याएको हो । कार्यक्रममा मार्फत आधुनिक कृषि प्रणालीका ६४ प्रकारका यन्त्र ÷ मेशिनहरु  अनुदानमा खरिद गर्न सक्ने जनाइएको छ । निर्देशनालयले सूचना प्रकाशित गरेको मितिले ३० दिन भित्रमा कृषि ज्ञान केन्द्रमा निवेदन दर्ता गर्न प्रदेश नं ३ का कृषक समूह, कृषि सहकारी, निजी फर्म, कृषि उद्यमीहरुमा अनुरोध गरेका छन् । कृषि सामाग्री खरिद गर्न इच्छुक समूह, सहकारी, निजी फर्म वा उद्यमीले मकवानपुरको उत्तरी क्षेत्रका लागि लागि एस.के.टि. नेपालका सम्बन्धित व्यक्तिहरु रविन्द्र खड्का ९८५५०८३१६०, प्रदिप खड्का ९८४५४५५८५० र विमल खड्का ९८४५४३३४२२ मा सम्पर्क गरि फारम भर्न सक्नेछन् । ३ हजार देखि ४ लाख सम्म पर्ने कृषि उपकरणहरु ७५ % सम्म अनुदानमा खरिद गर्न सकिने छ । निर्देशनालयले निर्धारण गरेको मिति सकिन अब एक हप्ता मात्र बाँकी रहेकोले इच्छुक कृषकहरुले यथाशिघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कृषि सामाग्रीहरु -
अनुदान र कृषकले बेहोर्नु पर्ने रकमः–

कृषकले भर्नुपर्ने फारमः–

प्रकाशित सूचना

किसान घर SKT Nepal को फोटो।

किसान घर SKT Nepal को फोटो।

किसान घर SKT Nepal को फोटो।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०