nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुष्माण्डमा लागेको मकर मेला समापन

कुष्माण्ड सरोबर त्रिबेणी धाममा लागेको एक महिने मकर मेलाको २९ माघ समापन भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबल महतले पूर्णाआहुती दिएर मेलाको समापन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर महतले कुष्माण्डमा भएको बिकासको प्रसंसा गरेका छन् । यस क्षेत्रलाई धार्मीक पर्यटनको बिकासका लागि अझ धेरै कार्य गनुपर्ने बताए । मेला समापनसँगै १४३ जना बटुकहरुको सामुहिक ब्रतबन्ध समेत गरीएको छ । त्यसैगरी एक महिने मेलामा बिभिन्न शिर्षकमा आएको सहयोग बापत ६ लाख ६४ हजार ६० रुपैयाँ संकलन भएको कुष्माण्ड सरोबर त्रिबेणी धाम बिकास समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौयानेले जानकारी दिए । एक महिने मेला अवधिभर करीब एक लाख भक्तजनहरुले अवलोकन गरेको समितिले जनाएको छ । मेलामा यो बर्ष वाचन शिरोमणी बेदान्तचार्य सुभद्रा नेपाललगायत बिभिन्न गुरुहरुले कथा वाचन गरेका थिए । मेलामा बिशेष गरी १०८ गौमुखी धारामा स्नान गर्ने भक्त जनहरुको बिषेश भिड लागेको थियो । 

माता  कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्ध क्षेत्र, पाण्डबहरुले श्राद्ध तर्पण गरेको, अम्बरीष राजाले भगवान बिष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएको लगायत बिभिन्न रोगहरु निदान भएको धर्म शास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । तिनवटा नदिहरुको संगमस्थलका साथै उत्तरबाहिनी नदिका कारणपनि यस क्षेत्रमा आएर गरीने स्नान पनि बिशेष रहेको छ । 

यसैगरी यसबर्षबाट कुष्माण्ड भगवतीको दर्शन गर्न कुष्माण्ड सरोबरमा डुंगाको समेत ब्यबस्था गरीएको अध्यक्ष न्यौपानेले बताए ।  मेलामा बारा, पर्सा, सर्लाही, रौतहट, चितवन, काठमाण्डौ, नबलपरासी, सिन्धुलीलगायत बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु दर्शनार्थ आएका थिए ।                                                                                                                                                                                                                                                                              
    



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)