Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कुन्छाल टोल विकासको अध्यक्षमा गोपाली

थाहा नगरपालिका वडा नम्बर १ मा रहेको कुन्छाल फाँटका ५५ घरधुरीलाई समेटेर कुन्छाल फाँट टोल विकास समिति गठन भएको छ । समितिको अध्यक्षमा निराजन गोपाली चयन भएका छन् । समितिको उपाध्यक्षमा रामप्रकाश गोपाली, सचिव रामशरण गोपाली, सहसचिव मनराज गोपाली, कोषाध्यक्ष प्रेम गोपाली तथा सहकोषाध्यक्ष गोविन्द गोपाली चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा सीताराम गोपाली, प्रकाश गोपाली, विर बहादुर गोपाली, सीताराम गोपाली (क) सुमन गोपाली, मिलन गोपाली, देवेन्द्र गोपाली, आशुमाया गोपाली, सुरेन्द्र गोपाली,  रामचन्द्र गोपाली र रेणु गोपाली सर्वसम्मत चयन भएका छन् । थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा भएको भेलाले टोल विकास समिति गठन गरेको हो । समितिको प्रारम्भिक साधारण सभा फागुन १ गते गर्ने निर्णय भएको अध्यक्ष निराज गोपालीले बताए । कुन्छाल फाँटको बस्तीलाई नमुना बस्तीको रुपमा रुपान्तरण गरी सरसफाई, खानेपानी, ढल, विजुली, बत्तीको व्यवस्थापन गर्ने र निकट भविष्यमै २० घरबाट होमस्टे संचालन गर्ने समितिले जनाएको छ ।

अध्यक्षमा निर्वाचित गोपाली पेशाले शिक्षक हुन भने उनी स्थानीय समाजसेवीका रुपमा परिचित छन् ।   



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०