Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कुन्छाल-कुलेखानी सडकलाई ११ करोड, टेण्डर खुल्यो

मकवानपुरमा सडक निर्माणका लागि संघीय सरकारले २० करोड रुपैयाँ थप वजेट विनीयोजन गरेको छ । जिल्लाको क्षेत्र नम्बर २ मा तीन वटा सडक निर्माणका लागि संघीय सरकारको अर्थ मन्त्रालयले पहिले बजेटमा पठाएको रकम भन्दा थप २० करोड रुपैयाँ विनीयाजन गरेर पठाएको हो ।

तीन वटा सडक मध्यमा एउटमा टेण्डर भइसकेको छ भने अरु दुईवटा सडक टेण्डर प्रकृयामा रहेको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले बताए । मकवानपुरको थाहा नगरपालिकाको कुन्छाल देखि इन्द्रसरोवरसम्मको सडक निर्माणका लागि संघीय सरकारले बजेटमा एक करोड रुपैयाँ छुट्याएको थियो । तर, अहिले त्यस बजेटमा थप १० करोड रुपैयाँ थप गरेर ११ करोड रुपैयाँमा सडक कार्यालय हेटौंडाले टेण्डर गरेको खतिवडाले बताए । यस सडक निर्माणका लागि माघ १५ गते टण्डर गरिएको थियो ।

मकवानपुरको मनहरी गाउँपालिकाको रजैयाँ देखि लामिटार हुँदै चकरी, मकरी सडकका लागि पहिले संघीय सरकारले एक करोड रुपैयाँ छुट्याएपनि अहिले अर्थ मन्त्रालयले थप पाँच करोड रुपैयाँ विनीयाजन गरेर अव ६ करोड रुपैयाँमा सडक निर्माण गर्न लागिएको छ । मकवानपुरगढीको सहिद बासुदेवमार्ग सडकका लागि सरकारले वजेटमा एक करोड रुपैयाँ विनीयोजन गरेको भएपनि अहिले भने थप पाँच करोड रुपैयाँ पठाएर ६ करोड रुपैयाँमा टेण्डर निकाल्ने प्रकृयामा रहेको उनले बताए ।

मकवानपुर क्षेत्र नम्बर २ का सांसद खतिवडाको पहलमा थप प्राप्त भएको २० करोड रुपैयाँमा तीन वटा सडक निर्माण गर्न सहजता भएको हो । पहिले संघीय सरकारको वजेट भाषणमा तीन वटा सडकका लागि एक करोड रुपैयाँका दरले छुट्टीएको भएपनि अहिले भने २३ करोड रुपैयाँका काम गर्न लागिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०