nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

किशोरी तथा अभिभावकले गरे बालविवाह विरुद्धको प्रतिवद्धता

सिविन नेपालको २९ औँ वार्षिकोत्सव एव २७ औँ अन्र्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । छतिवन गाविस २ स्थित वसनमा किशोरी समुहलाई जीवन उपयोगी सीप सम्बन्धी तालिम सम्पन्न भएको छ । ३ दिने कार्यक्रममा जीवनउपयोगी सीपहरु, किशोरावस्था, प्रजनन स्वास्थ्य, लिङ्ग र लैङ्गिकता, यौनिक तथा अल्पसंख्यक, मानव बेचबिखन तथा ओसारपसार, बालिका तथा किशोरी माथि हुने सबै खाले यौन दुव्र्यवहार, हिंसा, यातना, तथा किशोरी अधिकार र कर्तव्यको बारेमा तालिम दिइएको तालिमकी प्रशिक्षक सम्झना अधिकारीले बताइन् । कार्यक्रमका अन्त्यमा सहभागी ३५ जना किशोरीहरुले २० वर्ष उमेर नपुगी विवाह नगर्ने सामुहिक रुपमा हस्ताक्षर सहितको प्रतिबद्घता गरेकोे बाल हेल्पलाइनले जनाएको छ । 

किशोरावस्थामा आउने परिवर्तन बारेमा सचेत बनाउन उनीहरुमाथि हुने सवै खाले हिंसा, दुव्र्यवहार, ओसारपसार सम्वन्धमा, बालविवाह कसरी अन्त्य गर्न सकिन्छ र आर्थिक गतिविधिमा किशोरीहरुलाई कसरी संलग्न गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिरहेको बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द« ज्ञवालीले जानकारी दिए । कार्यक्रममा सहभागी किशोरीहरुले यस्तो किसिमको तालिम प्रत्येक किशोरकिशोरीका लागि अति आवश्यक भएको बताए । 

सोहि अवसरमा छतिवनको हात्तिसुँडे स्थित बुद्ध किशोरी समुहका किशोरीहरुका ३० जना अभिभावकहरुलाई किशोरी अधिकार, कर्तव्य तथा बालविवाह अन्त्यको लागि अभिभावकको भुमिका विषयमा २ दिने तालिम सम्पन्न भएको छ । कार्यक्रमको अन्त्यमा अभिभावकहरुले आफ्नो बालबालिकाको २० वर्ष उमेर नपुगी विवाह नगरिदिने प्रतिवद्धता जनाएका थिए ।

त्यसै गरि अन्र्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा सिविन बालहेल्पलाइनको सहयोगमा महेन्द्र उमावि छतिवनको कक्षा ११ मा अध्ययनरत २ जना अति बिपन्न र जोखिममा रहेका किशोरीहरुलाई प्रति व्यक्ति ४००० का दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्राचार्य नारायण चापागाइले बताए । छात्रवृति प्राप्त गर्नेमा रुपा दाहाल र सीता राई रहेका छन् ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)