Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

किन भयो ? थाहानगरको विकास लक्ष्य निराशाजन !

मकवानपुर थाहा नगरपालिकाको वित्तिय प्रगति ३८.४७ प्रतिशत मात्र हासिल गरेको छ । चालु आर्थिक वर्षको सात महिनाको वार्षिक समयसीमा अनुसार पनि ५० प्रतिशत बढि वित्तिय प्रगति हुनुपर्नेमा थाहानगरले अपेक्षित विकास लक्ष्य हासिल गर्न नसकेको हो । उपप्रमुख गोपालीले नगरपालिकाले राखेको विकास लक्ष्य भेट्टाउनको लागि प्रत्येक वडामा आम नगर सदस्यहरुले छिटो योजनाहरुको काम सम्पन्न गर्न अनुगमन तथा मूल्याङ्कन गर्न उपभोक्ता समितिहरु गठन गर्न र योजना कार्यान्वयन गर्न तदारुपता देखाउनुपर्ने औल्याएका छन् । 

थाहा नगरपालिकाले वार्षिक विकास लक्ष्य अन्तर्गत चालु आर्थिक वर्षको सात महिनामा सशर्त अनुदानतर्फ कृषि विकासमा २३.५३ प्रतिशत मात्र लक्ष्य हासिल गरेको छ । त्यसैगरी शिक्षामा ६०.८५, स्वास्थ्यमा ६३.५७, पशु विकासमा ४३.५९, महिला विकास २९.७६ र वातावरण उर्जा संस्कृति तर्फ शुन्य प्रगति रहेको छ । यसर्थ सशर्ततर्फको कुल वित्तिय प्रगति ५९.०१ प्रतिशत हासिल गरेको छ । 

त्यसैगरी वित्तिय समानीकरण अनुदान तर्फ भने कृषिमा २२.९८ प्रतिशत विकास लक्ष्य हासिल गरेको छ भने शिक्षामा ३६.०२, स्वास्थ्यमा ३८.१७, पशु विकासमा ३३.७०, सूचना प्रविधिमा ६९.२३ र पूर्वाधार विकासमा २३.७६ प्रतिशत मात्र विकास लक्ष्य हासिल गरेको छ । यसर्थ वित्तिय समानिकरणतर्फ नगरको वित्तिय प्रगति जम्मा २५.७८ प्रतिशत मात्र रहेको छ । यो तथ्याङ्क अनुसार विगत ७ महिनाको विकास लक्ष्य निराशाजनक छ ।

थाहा नगरपालिकाको आन्तरिक आयमा भने उत्साहजनक प्रगति देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा आन्तरिक आय लक्ष्यको ७७ प्रतिशत प्रगति छ । राजश्व बाँडफाँडतर्फ अपेक्षित आयको ४० प्रतिशत, वित्तिय समानिकरणतर्फ संघ र प्रदेशबाट २५÷२५ प्रतिशत मात्र नगरमा आम्दानी भएको छ । यो निकासा दर पनि आवधिक हिसाबले न्यून हो । त्यस्तै सशर्त अनुदानतर्फ संघको आम्दानीको ४८.५२, र प्रदेशबाट जम्मा २५ प्रतिशत मात्र आम्दानी भएको छ । अन्य सरकारी अनुदानतर्फ अनुमानित प्राप्तीको ६६.९८ र सामाजिक सुरक्षातर्फ ६५.२४ प्रतिशत अनुमानित अनुदान नगरमा प्राप्त भएको छ । नगरको समग्र प्राप्ती प्रतिशत ४३.६३ प्रतिशत मात्र रहेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।  

थाहा नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को बजेट ५५ करोड ९९ लाख ३४ हजार रुपियाँ रहेको छ । चालुखर्चतर्फ ६ करोड ७१ लाख २७ हजार रुपियाँ, २३ करोड ८४ लाख ५७ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०