nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

किन आकाशबाट हिलो सहितको पानी पर्दैछ ?

Hilo-1529129245.jpg

 मकवानपुरको थाहानगरलगाएत देशका विभिन्न भागमा हिलो पानी परेको छ । २ असार विहान परेको पानीसंगै हिलो आएको हो । केहि दिनयता

आकाशबाट परेको पानीमा हिलो मिसिएको वर्षात भएको अनुमान छ ।  सामाजिक सञ्जालहरुमा समेत कतिपयले फोटोसहित यस्ता पोष्टहरु राखेका छन् । 

बुटवलमा पनि  हिले वर्षा भएको शरण कर्माचार्य फेसबुक स्टाटसमा लेखेका छन् । रसुवाकी पत्रकार आफ्नो फेसबुक स्टाटसमा-"असार लाग्दै हिलो मिसिएको पानी पर्यो । साँच्चै कस्तो विचित्र देखिन थालेको हो।।रु बर्दिबास आसपास मा पनि यस्तो प्रकारको पानी पर्यो अरे ।"

आकाशबाट परेको पानीबाट विरुवामा देखिएको हिलोको छिटा । फोटो : अनु खनालको फेसबुकको स्टाटसबाट

खुल्ला आकाशमुनी राखिएका सवारी साधानमा पनि हिलो पानी परेको कारण दागहरु देखिएका छन् । रूपन्देही र यस आसपासका स्थानमा धमिलो हिलो जस्तै पानी सहितको वर्षा भएको छ । मेरो अनुभवमा यो पहिलो घटना हो । कसैलाई यस्तो हिले वर्षा हुनुको बैज्ञानीक कारण थाहा भए जानकारी पाउ । यस्ता स्टासलेख्ने र फोटो पोष्ट गर्नेहरु धेरै छन् ।

तर मौसम विज्ञान विभाग काठमाडौंले यस किसिमको पानी पश्चिम वायुको प्रभावका कारण भएको जनाएको छ । विभागले भारतीय आकाशमा राजस्थान आसपासको मरुभुमीमा अत्यधिक मात्रामा बिहिवारदेखि हावाहुरी चलेकोले आकासमा धुलो जम्मा भएका कारण पश्चिम नेपाल तथा मध्य नेपालका केहि भागमा पानी पर्दा धमिलो पानी परेको जनाएको छ ।