nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

किटेनीका कृषक गाजर खेतीतर्फ आकर्षित

gajarrrrrrrrrrrrr-1586148192.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ किटेनीका कृषकहरु गाजर खेतीतर्फ आकर्षित भएका छन् । अघिल्लो सालसम्म घरमै खानको लागि मात्र गाजर रोप्ने किसानहरु यसवर्ष व्यवशायिक खेतीतर्फ लागेका छन् । पहिले सुर्कासुर्की र करेसाबारीमा सीमित गाजर खेती अहिले प्लटमै परिवर्तन भएका छन् । उनीहरु आलु खोतीकै सट्टा गाजर खेती गर्न थालेका हुन् ।

कम लागतमा बढी आम्दानी गर्न सक्ने भएकोले गाजर खेति गर्न थालेको किसानहरु बताउँछन । गएको वर्ष रोपेको गाजर राम्रोसंग फस्टाएपछि वडा नम्बर ४ का भिमसेन खत्री यसपाली व्यवशायिक रुपमै यहि खेतीमा छन् । खत्री भन्छन–‘एकै बालीमा एक देखी डेढ लाखसम्म आम्दानी लिएको थिए, यस वर्ष पनि करिब ३ रोपनी जग्गामा गाजर खेति गरेको छु ।’ बजार मुल्य राम्रो भइदिए राम्रो आम्दानी हुने आशा राखेको खत्रीको भनाइ छ । 

त्यस्तै किटेनीकी सरीता के.सी.ले पनि यसवर्ष २ रोपपनी क्षेत्रफलमा गाजर छरेकी छिन् । उनले गाजर यहाँ राम्रोसंग सप्रिने र आम्दानी हुने भएपछि जग्गा भाडामै  लिएर खेती गरेकी छिन् । कृषक केसीले भनिन्–‘अहिलेसम्म रोपेको थिइन राम्रै आम्दानी हुने देखेर यो वर्ष रोपेको छु ।’ थोरै जनशक्ती र मिहिनतमा बढि आम्दानी हुने भएपछि किटेनीका राजकुमार भण्डारीलगायतका थुप्रै किसानहरुले गाजर रोपेका छन् । 

थाहा नगरपालिका गाजर खेतिको लागि उपयुक्त रहेको कृषि प्राविधिकहरु बताउँछन् । अहिले बजारमा गाजरको विउ खोज्ने कृषकहरको संख्या बढ्दे गएको बिउबिजन व्यवसायी मुकेश मिश्र बताउँछन् । गाजर खेतिबाट कम लगानिमा बढी आम्दानी लिन सक्ने भएकोले पनि किसानहरुमा यसको आर्कषण बढेको उनले बताए ।
 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।