nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कार र स्कुटर ठोक्किदा तामाङ घाइते

car-1626851379.jpg

हेटौंडा उपमहानगरपालिका वडा नमबर १ चौकिटोल ओरालोमा कार र स्कुटर ठोक्किदा एक जना  घाइते भएका छन् ।

चौकिटोलबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा १८ च १६६९ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६२०२ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक घाइते भएका हुन् । घाइते हुनेमा हेटौंडा–१ बस्ने जगतबहादुर तामाङ रहेका छन् ।

उनको हात र खुट्टामा मध्यम चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।