nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कार्यालय समयमा सामाजिक संजाल चलाउन नपाउने निर्णय

जिल्ला समन्वय समिति मकवानपुरको ५० औं बोर्ड बैठक बैठकले कार्यालय समयमा सामाजिक संजाल चलाउन नपाउने निर्णय गरेको छ । 
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा ५ असोजमा जिल्ला समन्वय समिति मकवानपुरमा बसेको बैठकले आउँदै गरेको चाडपर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । 

बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक संजालको चलाउन नपाउने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले बताए । कार्यालय समयमा मोवाईल चलाउँदा कार्यालय संचालनमा समस्या आउने देखेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए । कार्यालय समयमा सामाजिक संजाल नचलाउन तथा अन्य कार्यालयको व्यवस्थापनमा सबै मिलेर काम गर्न समेत उनले निर्देशन दिए । 

त्यस्तै बैठकले आउँदै गरेको बडा दशै, तिहार, छठलगायतका पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । विभिन्न चाडपर्वका अवसरमा आउँदो असोज १४ गते शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकमा उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगयात जिसस सदस्य एवम् कर्मचारीहरुको सहभागिता थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)