Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

काभ्रेमा गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन् । उनले भने, ‘विप्लव समूहका केही सदस्यलाई फलो गर्दै हाम्रो टोली त्यसतर्फ गएको थियो । उनीहरुले गोली चलाएपछि फायरिङ भएको भन्ने कुरा आएको छ । विस्तृत विवरण आइसकेको छैन ।’



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०