nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कान्तिराजपथको १५–१५ मिटरमा पर्ने घर टहरा हटाउ सूचना

सरकारले पुर्व पश्चिम राजमार्गमा रहेको सडक क्षेत्रको २५–२५ मिटर फराकिलो पार्ने अभियानले तरङ्गित पारिरहेको हेटौँडामा आजबाट कान्तिराजपथ क्षेत्रबाट १५–१५ मिटरमा पर्ने घर टहरा हटाउनको लागि सार्वजनिक सूचना जारि गरेपछि थप चर्चा सुरु भएको छ । 

सडक विभाग हेटौँडाले हेटौँडाको बुद्धचौकबाट पुर्वतिर कान्तिराजपथ, चौघडा हुँदै चुच्चेखोला देखि ठिंगन , नयाँबस्तीसम्ममा पर्ने सडक सिमारेखाबाट दायाँवाँया १५–१५ मिटर फराकिलो पार्ने अभियानको लागि उक्त क्षेत्रमा पर्ने घर टहरा हटाउन निर्देशन दिएको हो ।

कान्तिलोकपथ मार्गको रुपमा रहेको उक्त सडक फराकिलो पार्ने अभियानको ठेक्का भैसकेकोले तत्काल उक्त क्षेत्रमा पर्ने घरटहरा हटाउन सूचना मार्फत आग्रह गरिएको हो । सडकको सूचनालाई वेवास्ता गरिए कडा कारबाही गरिने सडक विभागले जनाएको छ