Monday, 14th September, 2026
वि.स.

काठमाण्डौमा अलपत्र रहेका मकवानपुरका नागरिकको उद्धार

gau-farkidai-1587533931.jpg

मकवनपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहालले राजधानी काठमाण्डौँमा लकडाउनको कारण असहज परिस्थितीमा रहेका करिब ४ सय नागरिकलाई ७ वटा सबारीसाधनमर्फत आफ्नो गृहजिल्ला मकवानपुरसम्म पुग्ने ब्यवस्थापन गरेका छन् ।

उनले काठमाण्डौँ उपत्यकामा रहेका करिब ४ सय नागरिकहरुलई ७ वटा सबारीसाधनको ब्यवस्थापन गरि १० बैशाखमा मकवानपुरसम्म आउन सहयोग गरेका हुन् । लकडाउनको कारण काठमाण्डौँ उपत्यकामा जीविकोपार्जन गर्न समस्या भएपछि आफुले आपतमा परेका नगरिकहरुलाई आफ्नो घरसम्म आउनको लागि सहजिकरण गरेको सांसद दाहलले बताए ।

दाहलको अभियानलाई हेटौँडामा रहेको नारायणी यातायात ब्यवसायी कम्पनीले समेत सहयोग गरेको छ । दाहालको समन्वयम कम्पनीले केहि सबारीसाधनको ब्यवस्था मिलाएको हो । दाहालले आज पनि ४ वटा सबारीसाधन मार्फथ बाँकी रहेका नागरिकहलाई मकवानपुर ल्याउन लागेका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif