Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

काठमाण्डौँबाट नजिकै घुम्नजाउँ इन्द्रसरोवरको चौकोटदेवी

IMG_9659-1579500982.JPG

इन्द्रसरोवर गाउँपालिकाको वडा नंं–४, हुमानेबाट करिब ३० मिनेटको पैदलयात्रा गरेर चौकोटदेवी मन्दिर पुग्न सकिन्छ । चौकोट देवीसँग धार्मिक पर्यटन जोड्न सकिने नै भयो । जहाँ पृथ्वीनारायण शाहले खनेका बङ्कर अझै अस्तित्वमा देख्न सकिन्छ, युद्धका क्रममा खाना खाने स्थानका रुपमा पनि यसलाई चिनिन्छ । त्यस बेला उक्त स्थानमा खानाका बन्दोबस्ती सामान माटोभित्र पुरेर संचय गर्ने गरेको जनबोली सुनिन्छ । यस मन्दिरमा दर्शन गर्नाले रोगव्याधी नलाग्ने तथा पानीको खडेरीमा पानी माग्दा पानी पर्ने जनविश्वास पाइन्छ ।


मकवानपुर जिल्ला र काठमाण्डौँ जिल्लाको सीमानाको रुपमा रहेको यो मन्दिरको स्थानबाट इन्द्रसरोवर गाउँपालिका र दक्षिणकाली नगरपालिकाको सिमानामा पर्ने यो मन्दिरबाट काठ्माण्डौं, ललितपुर, फुलचोकी र इन्द्रसरोवरको ४ नं वडाका अधिकांश स्थानहरु अवलोकन गर्न सकिन्छ । चौकोटदेवी मन्दिरबाट फर्पिङका विभिन्न स्थानहरु नजिकबाट नियाल्न सकिन्छ । यस मन्दिर परिसरबाट इन्द्रसरोवर गाउँपालिका वडा नं ४ को राकसखोला, फाखेलचौर हुमाने लगायतका स्थानहरु नजिकबाट नियाल्न सकिन्छ । काठमाण्डौँको कोलाहलबाट छोटोदुरी मै शान्त वातावरणको आवश्यकता पूर्ति गर्नका लागि चौकोटदेवी मन्दिर एकदमै उपयुक्त स्थान बन्न सक्छ । मन्दिर भन्दा केही मिटर तलसम्म सडक पुगेको भएपनि मर्निङवाक र सहासिक पैदलयात्राको लागि यो मन्दिर अति नै उपयोगी रहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।