Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काँग्रेस इन्द्रसराेवरले गाउँपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र बुझायो

IMG_3719-1593100204.jpg

नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिका कार्य समितिले ११ हसारमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसका गाउँपालिकाका सभापती विश्व लाल लामा सहितको टोलीले पर्चा, पम्प्लेट र र्याली सहित गाउँपालिका अध्यक्ष जीवन लामा र उपाध्यक्ष उमा कुमारी लामा समक्ष ज्ञापनपत्र बुझाएका हुन् । 

समितिले श्रमिक विपन्न परिवारलाई राहतको तत्काल व्यवस्था गर्नुपर्ने, गाउँपालिकामा क्वारेनटाइनको व्यवस्था गर्नुपर्ने, आर डि.टी. परिक्षण खारेज गरेर पि.सि.आर परिक्षण लागु गर्नुपर्ने, महिला हिंसा बन्द गर्नुपर्ने, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार छानविन हुनुपर्ने, गुणस्तरिय शिक्षा, भ्रष्टाचार बन्द गर्नुपर्ने, जथाभावी उत्खनन् बन्द गर्नुपर्ने, रासायनिक मलको सहज व्यवस्था गर्नुपर्ने, लकडाउन अवधीको कर र बैंक व्याज मिनाह गर्नुपर्ने, गाउँपालिकाको योजना सार्वजनिक सुनुवाई हुनुपर्ने लगायतका मागहरु राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हुन् । 

समितिले ११ असारमा पेश गरेको ज्ञापनपत्रमा उल्लेख भएका मागहरु ७ दिन भित्र पुरा नभएमा क्रमबद्ध रुपमा आन्दोलन गर्ने सभापती विश्व लाल लामाले थाहा टाइम्सलाइ बताए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।