nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कस्ले पाउला नेकपा थाहानगरको नेतृत्व ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठन विस्तारको क्रममा केन्द्र, प्रदेश जिल्ला हुँदै स्थानीय तहमा पनि नेतृत्व र पदको भागबण्डाको चर्चा हुन थालेको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका भएको मकवानपुरमा पछिल्लो समय चर्चा चुलिँदे गएको हो ।

जिल्ला नेतृत्व टुङ्ग्याउन लागि परेको नेकपाको लागि स्थानीय तहमा पद बाँडफाँड गरी नयाँ संगठन विस्तार गर्नु र कार्यकर्ता व्यवस्थापन गर्नु चानचुने चुनौति छैन । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्रभाव रहेको मकवानपुरमा सिनियर कार्यकर्ता व्यवस्थापन नेकपाको लागि चुनौती बनेको देखिन्छ ।

जिल्लाको हेटौंडापछिको अर्को सहर थाहानगरमा तत्कालिन एमाले वा माओवादीले नेतृत्व पाउने भन्ने एकातिर चर्चा त छँदैछ तर माओवादीले पाउने संभावना बढि छ । निर्णय नै भइसकेको नभए पनि जिल्लामा जुन स्थानीय तहमा जुन पार्टीले जितेको छ, एकीकृत संगठनमा सोही पाटीले नेतृत्व लिने मोटामोटी छलफल भएको छ । यस अनुसार थाहामा माओवादीकै नेतृत्व रहने पक्कापक्की देखिएको छ ।  यदि पार्टीको टुङ्गो लागि हालेपनि यहाँ नेतृत्व लिने व्यक्ति व्यवस्थापनमा तत्कालिन दुई पार्टीलाई हम्मे पर्ने छ । एमालेका तर्फबाट नगरको नेतृत्व लिनका लागि झण्डै दर्जन व्यक्ति प्रतिस्पर्धामा छन् । एमालेका नगरस्तरको नेतृत्व गरिसकेका अच्युतमप्रसाद ढकाल, सानुकाजी गोपाली, बिमलकुमार ढकाल, श्यामभक्त श्रेष्ठ, जिल्ला सदस्य समेत भइसकेका राजु नापित, कल्पना बलामीलगायत चर्चामा छन् । माओवादीतर्फ नगरको नेतृत्वका लागि तत्कालिन नगर अध्यक्ष अरुण रायमाझी, बिनोद लामा, लक्ष्मण विष्टलगायतका व्यक्तिलाई पार्टीले अघि सार्ने देखिएको छ ।

दुईपार्टी मध्ये माओवादीका तर्फबाट अरुण रायमाझी जिल्ला कमिटिमा गए बिनोद लामाले नगर अध्यक्ष पाउने बलियो संभावना छ । तर, रायमाझी जिल्ला सदस्य हुने तर नगर अध्यक्ष नछोड्ने अडानमा छन् । जिल्ला कमिटिमा सदस्य भएपनि नगर अध्यक्ष पदका लागि जिल्ला छोड्न परे पनि छोड्ने तर नगर अध्यक्ष नगुमाउने रायमाझीको प्रष्ट धारणा छ । यसर्थ नगरको नेतृत्व माओवादीले पाउँदा रायमाझीको संभावना अधिक  छ ।

एमालेतर्फबाट पनि माओवादीले नगरको नेतृत्व गर्दा रायमाझी अध्यक्ष हुँदा सचिवमा कसलाई पठाउने भन्ने मुद्दा जटिल नहुने देखिन्छ । अर्थात राजनीतिक उचाइका आधारमा पनि रायमाझी अध्यक्ष हुँदा एमालेले थाहानगरका पूर्वअध्यक्ष अच्युतमप्रसाद ढकाल, सानुकाजी गोपाली, बिमलकुमार ढकाल, कल्पना बलामीलगायतका स्तरका नेता नगर सचिव भएर जान सक्ने मार्ग प्रशस्त छ । एमालेले सचिब को पठाउने भन्ने विषय माओवादीले अध्यक्ष को पठाउँछ भन्नेमा आधारित हुने पूर्व एमालेका एक नेताले बताए । पहिलो थाहानगर संगठन व्यवस्थापन भएकोले माओवादीको तर्फबाट अध्यक्षमा अरुण रायमाझी र सचिवमा अच्युत्तम प्रसाद ढकालको संभावना बलियो छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)