nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

कसले कुन् मन्त्रालयको जिम्मेवारी पाए ? (सूचीसहित)

सरकार गठन भएको डेढ महिनापछि प्रधामन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गरेका छन।  गत असार २२ गते सरकार गठन भएपछि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा देखिएको किचलोका कारण लामो समय सरकार विस्तार हुन सकेको थिएन ।

बुधबार मन्त्री पदको सपथ लिन लागेका मन्त्रीहरुमा कांग्रेसबाट १० जनाले मन्त्रीको सपथ लिँदैछन् भने माओवादीका ६ जनाले केहीबेरमा सपथ लिँदैछन् । नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएपछि बुधबार मन्त्रिमण्डल बिस्तार गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

कसलाई कुन् मन्त्रालय ?

नेपाली कांग्रेसबाट
यज्ञबहादुर थापा– कानून

वीरबहादुर बलायर–भौतिक पूर्वाधार तथा यातायात

मोहन बस्नेत– सूचना तथा सञ्चार

सञ्जय गौतम– सिंचाई

मीन विश्वकर्मा– वाणिज्य

अम्बिका बस्नेत– गरीबी निवारण तथा सहकारी

भिमसेनदास प्रधान– रक्षा

रामकृष्ण यादव– कृषि

राजन केसी– युवा तथा खेलकुद

महेन्द्र यादव– खानेपानी तथा सरसफाई

माओवादी केन्द्रबाट
गिरिराजमणि पोखरेल– स्वास्थ्य

महेन्द्रबहादुर शाही– उर्जा

शिवकुमार मण्डल– आपूर्ति

टेकबहादुर बस्नेत– सामान्य प्रशासन

सन्तकुमार थारु चौधरी– पशुपक्षी

आशा खनाल कोइराला– महिला तथा बालबालिका

नेपाल लोकतान्त्रिक फोरमबाट
जितेन्द्र नारायण देव– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

गोपाल दहित– भूमि सुधार

नेकपा संयुक्तबाट
मिथिला चौधरी– जनसंख्या तथा वातावरण