nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कम लगानीमा घर बनाउने तरीकाको नमुना प्रदर्शनी, सिएसइबी इन्टरलक इट्टा सबैभन्दा उत्तम

मकवानपुर थाहा नगरपालिका कार्यालय प्राङ्गणमा सहजै र कम लगानीमा घर बनाउने सम्बन्धमा नमुना प्रदर्शनी गरिएको छ । वि.सं. २०७२ सालको विनासकारी भुकम्पबाट पीडितहरुको पुर्ननिर्माणमा सघाउ पु¥याउने उद्देश्यले सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन)ले प्रदर्शनीको आयोजना गरिएको हो । 

प्रदर्शनीमा तीन किसिमको निर्माण सामाग्रीको प्रदर्शनी गरिएको थियो । ढुङ्गा, इट्टा र सिएसइबी इन्टरलक इट्टाको प्रदर्शनी गरिएको हो । सबैभन्दा कम समय र कम लागतमा सिएसइबी इन्टरलक इट्टाको निर्माण प्रदर्शनी भएको थियो । प्रदर्शनीमा इट्टाको मध्यम लगानी तथा समय र सबैभन्दा खर्चिलो ढुङ्गाको निर्माण र बढि समय लागेको थियो ।

नमुना प्रदर्शनी कार्यक्रममा सिसिडिएनका प्रतिनीधिहरु, नगरपालिकाका तथा स्थानीय प्राविधिकहरु, थाहा नगरपालिका प्रतिनीधिहरु, संचारकर्मी तथा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

के हो सिएसइबी इन्टरलक इट्टा ? 

यो सिएसइबी इन्टरलक इट्टा स्थानीय स्तरमा उत्पादित बलियो इट्टा हो । साधारण इट्टा भन्दा करिब ४० प्रतिशत सस्तो पर्ने र भूकम्प प्रतिरोधात्मक इट्टा हो । निश्चत मापदण्ड अनुसार लम्बाइ, चौडाई र उचाई मिलाइएको हुन्छ भने एक अर्कासंग लक हुने भएकोले गारो लगाउन सजिलो हुन्छ । साधारण तालिम लिएका प्राविधिकले पनि यो इटाको गरो सजिलै लगाउन सक्छन् । 

साधारण इटाको तुलनामा यो इटा दुईगुणा बलियो हुन्छ । ल्याबटेष्ट रिपोर्ट अनुसार साधारण इटाको भार बहन क्षमता ३ देखि ५ एमपीए हुन्छ भने यसको ५ देखि ७ एमपीए भन्दा माथि हुन्छ । त्यसैले यो बलियो हुन्छ । 

यो इटा आकर्षक पनि छ । विना प्लास्टर घरहरु राम्रो देखिन्छ भने गारो लगाउन सिमेन्ट पनि अन्यको तुलनामा यसका लागि कम लाग्छ । यस इटाबाट बनेको घरलाई नेपाल सरकार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले स्वीकृत गरेको छ । घर निर्माणमा अत्याधुनिक प्रविधि अपनाइने भएको हुँदा सुरक्षित र भूकम्प प्रतिरोधी छ । 

कहाँ पाइन्छ ? 

सिएसइबी इन्टरलक इट्टा सबैको सहज पहुँचमा छ । थाहा नगरपालिका वडा नं. ४ स्थित धारापानीमा यसको उद्योग रहेकोले निर्माण स्थलमै गएर खरिद गर्न सकिन्छ । इटा आश्यक परेमा उद्योगमै गएर अर्डर गर्न सकिन्छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)