Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कपिलवस्तुमा एकैदिन थप ७७ जना संक्रमित

corona-1590834645.jpg

शनिबारमात्रै कपिलवस्तुमा थप ७७ जनामा कोभिड(१९ पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्याल कपिलवस्तुका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् भने कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना छन् । यस्तै, यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ जना तथा २५ र १९ बर्षका २ जना महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयको कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

शुक्रबारमात्रै यहाँ ५२ जना संक्रमित थपिएका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०