Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

Surajjj-1572507359.jpg

कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मूर्ति बिर्सजन गर्ने विषयमा स्थानीयबीच विवाद भएपछी झडप भएको थियो । विवाद पछि गोली चल्दा एकजनाको ज्यान गएको हो । प्रहरीले चलाएको गोली लागेर स्थानीय सुरज पाण्डेको ज्यान गएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा विहान ११ बजेदेखि लागू हुनेगरी कफ्र्यु आदेश जारी गरेको छ । लक्ष्मी पूजाको मूर्ति बिर्सजन गर्ने विषयमा दुई समुदायबीच हिजोबाट सुरु भएको विवादले उग्र रुप लिएपछि झडप भएको थियो । थप घटना नहोस् भन्नका लागि कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले वताउनुभयो । झडपमा परी केहि स्थानीय र प्रहरी घाइते समेत भएका छन् । विषय सामान्य भएपनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको भनाइ छ । प्रहरीले झडपलाई नियन्त्रण लिन बुधबार ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

आज विहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ सातसय मिटर, पश्चिमतर्फ सातसय मिटर र पूर्वतर्फ तीनसय मिटरमा कफ्र्यु लगाइएको जनाएको छ । कफ्र्यु आदेश अवज्ञा गरे कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)